बाबुराम भट्टराईको आरोप : ओली र देउवाले वाइडबडी प्रकरणलाई लुकाउने सहमति गरेका छन

नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ओली र देउवाले वाइड बडी प्रकरणलाई ढाकछोप गर्ने सहमती गरेको आरोप लगाएका छन् । ठूला राजनीतिक दलका ठूला नेताहरु नमिलेसम्म ठूलो भ्रष्टाचार हुन नसक्ने भन्दै उनले जोगाउन नतोहरुले राष्ट्रिय सहमति गरेको हुनसक्ने उनले बताए । “केहि समयअघि प्रधानमन्त्री लगायत ठूला दलका नेताहरु बसेर केहि सहमति गरेको भन्ने सुनेको थिए । मेरा पुराना मित्र प्रचण्डलाई म राम्ररी चिन्छु । उहाँ फुर्के मान्छे, चितवन पुगेर केहि विषयमा राष्ट्रिय सहमति गरेका छौं भन्नुभयो” उनले भने, के विषयमा राष्ट्रिय सहमति भएको हो भन्ने लागिरहेको थियो । वाइडबडीकै विषयमा राष्ट्रिय सहमति भएको रहेछ ।”

संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले भ्रष्टाचार लुकाउन ठूला प्रयास भइरहेको बताए । लेखा समितिले वाइडबडीका विषयमा छानविन गर्न बनाएको उपसमितिका सदस्यसमेत रहेका सांसद यादवले दोषिलाई जोगाउन प्रतिवेदन सच्याउने समेतका कामहरु भएको आरोप लगाए ।

बुधबार पार्टीले गरेको अन्तरक्रियामा संयोजक भट्टराईले सो काण्डमा मुछिएकाहरुलाई कारवाहीको लागि दबाब दिन आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here