नेपालमा अब गाईको पनि जन्म-मृत्यु दर्ता

रुपन्देही । मान्छेको जन्म दर्ता र मृत्यु दर्ता गर्नुपर्ने कुरा सबैले भोगेकै हो । तर रुपन्देहीको तिलोत्तमामा गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरिएको छ । नेपालमा मान्छेको जन्म मृत्यु दर्तागर्दा पनि कर तिर्नुपर्ने व्यवस्था छ गाइको भने किसानले दर्ता गरेबापत उल्टै भत्ता समेत पाउछन।  गाईको विवरण दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रतिगाईको तीनसय देखि ५ सय रुपैयाँसम्म भत्ता दिने व्यवस्था बनाउने कार्यालयले जानाएको छ।

किसानले दूध दिँदासम्म गाई पाल्ने र ब्याउन छाडेपछि गोठबाट निकालेर रातारात छोडिदिने र छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या रोक्नका लागि तिलोत्तमा नगरपालिकाले यस्तो उपाय निकालेको हो । नगरपालिकाले चौपायाको बीमा गराउन समेत कृषकहरुलाई आग्रह गरेको छ।  उनीहरुको मृत्यु वा अनुत्पादक हुँदा पाइने क्षतिपूर्तिको लाभ उठाउन सम्पूर्ण किसानहरुलाई अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here