नेकपाको चियापान कार्यक्रममा ५० हजारलाई निम्तो

g]skfsf] ;lrjfno a}7s afn'jf6f/df ;f]daf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{sf] ;lrjfno a}7sdf k|wfgdGqL Pj+ g]skfsf cWoIf s]kL zdf{ cf]nL, k"j{ k|wfgdGqL Pj+ g]skfsf cWoIf k'iksdn bfxfn;lxt zLif{ g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापानमा ५० हजारलाई निमन्त्रणा गरिएको छ । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता पश्चात पहिलो पटक एकसाथ शनिबार हुने दशैं, तिहार र छठको अबसरका शुभकामना तथा चियापान समारोहका निम्ती ५० हजार जनालाई आमन्त्रण गरिएको नेकपाले जनाएको छ ।

चियापान तयारीबारे आज नेकपाका महासचिव तथा चियापान समारोह समितिका संयोजक विष्णु पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराईले भृकुटीमण्डपस्थित चियापान स्थलको निरीक्षण गरेका छन् । चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुनेछ ।

दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिको लागि समय छुट्टाइएको छ ।  चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनकाे निम्ती  ३ सय स्वयंसेवक परिचालन गरिने नेकपाले जनाएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here