एनआरएनए फ्रान्सको महाधिवेशन सम्पन्न, निर्वाचन एक हप्ता पछि सर्यो

एनआरएनए फ्रान्सको शनिवार तय भएको निर्वाचन एक्कासी १ हप्ता पछाडी सारिएको छ। बिहान ९ बजे अधिवेशन सुरु गर्ने र ११ बजे मतदान सुरु गर्ने भनिएता पनि, निर्वाचन प्रक्रियामा पहिला देखि आफ्ना तर्फ बाट भएका “मागहरुको सम्बोधन” नगरिए सम्म निर्वाचनमा भाग लिनुको “औचित्य नहुने” भन्दै गीता खनाल पक्षले बिज्ञप्ति मार्फत रास्ट्रिय अन्तरास्ट्रिय समितिमा घ्यानाकर्षण गराएको थियो । यसै विषयमा छलफल गर्दा शनिवार बेलुका ५ बजे मात्र सहमति भएको छ। मतदान गर्न तयार सँस्थाका पंजीकृत सदस्यहरुमाझ भने शनिवार दिउसभर अन्योलको वातावरण सृजना भएको थियो।

निर्वाचन समिति, कार्यसमिति बाट निर्वाचन गराउने प्रविधिको बारेमा आफुहरुलाइ पर्याप्त जानकारीहरु नआएको, ढिला गरि आएको, तय गरिएको कम्पनिसंग विस्वस्नीयताको बारेमा अनविज्ञ रहेको प्रयाप्त जानकारी नदिइएको आदि विषयमा ३ प्रमुख बुँदामा सहमति खोज्दै ७ घण्टा छलफल गर्दा पनि कुनै निश्कर्ष ननिस्किएपछि छलफल टुंगिएको गीता खनाल पक्षको भनाइ रहेको थियो।  शनिवार राति अवेरसम्म सहमति हुन नसकेपछि निर्वाचन समितिले बिहान ५:१४ मा सुचाना जारी गर्दै असन्तुष्ट पक्षको सहमति विना नै निर्वाचन गराउने बताएको थियो।  आफ्ना मागहरु सम्बोधन नगरी निर्वाचन गरिन लागिएको बताउदै गीता खनाल पक्षले “निर्वाचन बहिस्कार” गर्दै एकपक्षीय निर्वाचन नमान्ने भन्दै “समानान्तर कमिटि गठन गरि अगाडी बढने” निर्णय गरेको थियो।

अगस्ट १ तारिख निर्वाचन गर्ने सहमति भएपश्चात शनिवारनै सँस्थाको महाधिवेशन सम्पन्न गरिएको छ। महाधिवेशन कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदुत दिपक अधिकारि, संस्थापक अध्यक्ष हरिहर अर्याल, सँस्थाका संरक्षकहरु, सल्लाहकारहरु, पुर्व अध्यक्षहरु र फ्रान्सका अन्य संघ सँस्थाका पदाधिकारीहरु आदिको उपस्तिथी रहेको थियो। आजको लामो छलफल पछि दुवै पक्ष एउटा सहमतिमा गएर निष्पक्ष रुपमा निर्वाचनमा जान तयार हुनुलाइ सकारात्मक रुपमा लिएको छ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here