३१ मे (जेठ १७) सम्म अन्तर्राष्ट्रिय उडान बन्द रहने

नागरिक उड्डयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडान आगामी जेठ १७ (मे ३१) को मध्यरातसम्म बन्द गर्ने निर्णय गरेको छ ।

यो अवधिमा काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्नेछन् ।

प्राधिकरणले थप जानकारी बिना यात्रुहरूको बुकिङ शुरु नगर्न एयरलाइन्सहरूलाई आग्रह गरेको छ । राजधानी काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here