ऋषि कट्टेलको “नेकपा” लाई सर्वोच्चले दियो आधिकारिकता, अब यस्तो हुनेछ…

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्दै ऋषि कट्टेलको “नेकपा” लाई आधिकारिकता दिएको छ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत बाट प्राप्त जानकारीमा उल्लेख छ।

यो संगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताको वैधानिकता संकटमा परेको छ। पार्टीको नाम नै बाँकी नरहेपछि संसद देखि निर्वाचन आयोग सम्म दुवै पक्षको हानथाप हुने देखिएको छ।

अब के होला ? 

दुई अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल अनि महासचिवमा विष्णु पौडेल भएको पार्टी नै आधिकारिक निर्णय गरेर आयोगमा जानुपर्नेछ । र नाम परिवर्तन गर्दा विधानसमेत परिवर्तन गर्नुपर्ने भएकाले नेकपाका केन्द्रीय सदस्यमध्ये दुई तिहाइले त्यसबारे निर्णय गर्नुपर्नेछ। हालको अवस्थामा त्यसो नगरी दुवै पक्षले आ-आफ्नो पार्टीनयाँ नाम दर्ता गर्न निर्वाचन आयोगमा जानु पर्नेछ। दुवै वा कुनै एक पक्ष निर्वाचन आयोगमा नगएको खण्डमा दलविनाका स्वतन्त्र संसदको हैसियत प्राप्त गर्ने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here