“कोभिड पासपोर्ट” : EU नेताहरू पोस्ट-कोभिडको तयारीमा

बिहीबारदेखि सुरु भएको यूरोपीयन सम्मेलनको टेबुलमा “खोप पासपोर्ट” को बिषयले स्थान पाएको छ। युनियनका २७ देशहरुमा यतिबेला यो बिषय चर्चाको शिखरमा पुगेको छ।

“कोभिड पासपोर्ट” नाम अलिकति विवादित देखिएकोले कतिपय नेताहरु यसलाई “स्वास्थ्य पास” भन्न रुचाएका देखिन्छन तर खोप बिरोधीहरुले नागरिक स्वतन्त्रता माथि राज्यले अङ्कुस लगाउन खोजेको बन्दै यसको विपक्षमा अभिमत दिरहेका छन्।

नेताहरु भने पर्यटनको मौसम बचाउन वसन्त ऋतु अगाडीनै “कोभिड पासपोर्ट” लागु गर्ने पक्षमा देखिएका छन्। EU ले प्रस्ट रुपमा यस प्रकारको व्यवस्था नगरेको खण्डमा इजरायलले जस्तै EU का अन्य देशहरुले अलग्गै नियम बनाउने बताएका छन्।

यात्राको लागि अनिवार्य खोप ?

एउटा सर्वेक्षणका अनुसार ६२ प्रतिशत फ्रान्सेलीहरू विदेश जाने विमान लिन चाहने व्यक्तिको लागि अनिवार्य खोपको पक्षमा रहेको  तथ्यांक हालै सार्वजनिक भएको छ।

खोप पासपोर्ट यात्राको लागि मात्र नभई रेस्टुरेन्ट, बार, संग्रहालय, खेलकुद र सांस्कृतिक कार्यक्रमहरूमा जाँदा पनि प्रयोग गर्न सकिने बताइएको छ। युरोपका केहि देशहरु पोल्याण्ड, डेनमार्क र स्विडेनले खोप लगाएकाहरुलाइ डिजिटल प्रमाणपत्र वितरण गर्न सुरु गरेका छन, तर त्यस प्रमाणपत्रलाइ सार्वजनिक स्थानमा प्रवेशको लागि अझै प्रयोगमा भने ल्याइएको छैन। ग्रिस र साइप्रसले खोप लगाएका इजरायलका नागरिकहरुलाइ पर्यटकको रुपमा आफ्नो देशमा घुम्न दिने बताइसकेका छन्। इजरायलमा हालसम्म सबैभन्दा धेरै अर्थात ५० प्रतिशत भन्दा बडी नागरिकहरुले खोप लगाइसकेका छन्।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here