सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद् पुनर्स्थापना गर्ने सर्वोच्च अदालतलको फैसलाले मुलुकको राजनीतिलाई थप अस्थिर र जटिल बनाउने भन्दै सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्न नसकिने बताएका छन्।

पोखरेलले सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘सरकार संचालनमा गतिरोध सिर्जना हुनपुगेपछि सार्वभौम जनतामा गएर ताज़ा जनादेशका माध्यमबाट समाधान गर्ने प्रमको राजनीतिक प्रयत्नलाई कानूनी आवरणमा निस्तेज बनाउने काम भएको छ। सर्वोच्च अदालतको फ़ैसलाले मुलुकको राजनीतिलाई थप अस्थीर र जटिल बनाउनेछ । निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here