अमेरिकामा आज चुनावी भिडन्त, को होला विश्वको शक्तिशाली राष्ट्रपति ?

बहु प्रतिक्षारत तथा विश्वका सबै समुदायको ध्यान खिचेको र आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने अमेरिकी राष्ट्रपति पदका लागी आज निर्वाचन हुँदैछ ।

वर्तमान राष्ट्रपति रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति एवम् डेमोक्र्याट उम्मेदवार जो वाइडन बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ। अहिले सम्मका सवै सर्वेक्षणले जो वाइडनलाइ अगाडी देखाइदिए पनि सन् २०१६ मा जस्तै भोट ब्यालेटमा खसाल्नु अगाडी मात्र अन्तिम निर्णय हुनेछ । डोनाल्ड ट्रम्पका जतिनै नकारात्मक तथा विवादित कुराहरु आए पनि जो वाइडन संग अहिले टक्कर मा देखिनु उनको लागि जित सरह नै हो। अर्थतन्त्र, रोजगार, आप्रवासन र रास्ट्रीयताको मामिलामा ट्रम्पले लिएका नीति र कार्यक्रमको यो जनमत संग्रह सरह हुने छ।

कोरोना महामारीका कारणले संक्रमितको संख्या तथा उच्च मानवीय क्षति व्यहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषय यस पटक प्राथमिकतामा परेका देखिन्छ।

यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर मात्र पुग्दैन । यहाँको संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ । कूल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् । कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण रहेका छन् । जस्तै २०१६ को चुनावमा हिलारी क्लिन्टनले डोनाल्ड ट्रम्पले भन्दा पनि धेरै मत पाएर पनि हार बेहोर्नु परेको थियो।

अमेरिकामा मंगलबार निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही साता लाग्न सक्ने बताइएको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here