कर्णाली प्रदेशको विवादबारे प्रधानमन्त्री र प्रचण्डको फरक फरक निर्देशन

कर्णाली प्रदेशमा देखिएको विवाद समाधानबारे प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नै विवाद देखिएको छ।

प्रदेशको विवाद उग्र बन्दै त्यहाँका शीर्ष नेतालाई विवाद समाधानका लागि काठमाडौं बोलाइएको थियो। काठमाडौंमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतासँग छलफल चलाए । छलफलले ठोस निष्कर्ष निस्कन सकेन र असोज २९ गते काठमाडौं आएका नेता फेरि प्रदेश फर्किए ।

प्रधानमन्त्री ओली आफै मैदानमा उत्रिएर उनले एक पत्र सार्वजनिक गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कर्णालीका प्रदेशसभा सचेतकमाथिको कारबाही फिर्ता गर्न निर्देशन दिएका छन। नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ले केन्द्रको सुझाव कार्यान्वयन गर्न कर्णाली प्रदेश कमिटीलाई निर्देशन दिएका छन्। दुवै अध्यक्षले आ-आफ्नो पक्षको बचाउ गर्ने आसयको पत्र जारी गरेपछि विवाद अझै कायम रहेको र नेकपाको लागि यो घातक हुन सक्ने बताइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here