खेलको अन्तिम समयमा चमत्कारीक तरिकाले २ गोल गरेपछि फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। पीएसजीले इटालियन क्लब एटलान्टालाई २-१ गोलले हराउदै सेमिफाइनलमा प्रवेश गरेको हो ।
वुधवार बेलुका पोर्चुगलको लिस्बन स्टेडियममा एटलान्टाले पहिलो हाफमै, खेलको २६ औं मिनेटमा १ गोल गरेर अग्रता लिएको थियो । पीएसजीको तर्फ बाट चर्चित खेलाडी नेइमारले धेरै पटक गोल गर्ने प्रयास गरे तर उनका सबै प्रयास असफल रहे । खेलको पहिलो हाफमा खासै एट्याकमा खेल्न नसकेको पीएसजी तब तातियो जब फ्रेन्च स्ट्राइकर एम्बापे मैदानमा छिरे । करिब ३ हप्ता घाइते भएर फर्किएका एम्बापेले खेलको रफ्तार नै परिवर्तन गरिदिए ।
फल स्वरुप खेलको अन्तिम ९० औं मिनेटमा पीएसजीका डिफेन्सर मार्किन्हस ले बराबरी गोल फर्काए। टेलिभिजन अगाडि निरास पीएसजी समर्थकहरुको ढुकढुकी फेरी रफ्तारमै चल्न थाल्यो । दर्शकका आँखा झिमिक्क हुन नपाउदै पीएसजीका चुपो मोटीङले अर्को गोल थपे र २ मिनेटकै अन्तरालमा च्यप्म्पियन्स लिगको सेमिफाइनलमा प्रवेश सुनिश्चित गरे । जितसँगै पिएसजी २५ वर्षपछि पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनलमा पुगेको हो ।
नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पीएसजीलाई अन्तिम चारमा पुर्याएका हुन् । पीएसजीले अबको अर्को खेल जर्मनी क्लब लिप्जिङ्ग र स्पेनिश टिम एटलेटीको म्याड्रिड विचको विजेता संग हुनेछ।
च्याम्पियन्स लिगका अन्य खेलहरु मध्य आज बेलुका लिप्जिङ्ग र स्पेनिश टिम एटलेटीको म्याड्रिड बिच भिडन्त हुनेछ भने शुक्रबार बर्सेलोना र बयार्न मुनिक विच त्यस्तै शनिवार म्यानचेस्टर सिटि र लियों विच सेमिफाइनलको लागि प्रतिस्पर्धा हुने छ।