
विश्वभर Covid – 19 (कोरोना भाइरस) को महामारीले अक्रांत पारेको देशहरु मध्य फ्रान्स पनी एक हो । यस अबस्थामा फ्रान्स सरकार द्वारा घोषणा गरेको दुई महीना लामो लकडाउनको अवधीमा यहाँ रहेका नेपाली समुदायलाई पनी यसको प्रभाब परेको छ ।
भर्खर अध्यनका लागी आएका नव बिधार्थी भाई बहिनीहरु र बैधानिक कागज पत्र नभएका कारण रोजगार नभएका नेपाली दाजुभाई तथा दीदी बहिनीहरुलाई खाद्यान्न अभाब संकट भएकाले मगर समाज फ्रान्स द्वारा आह्वान गरीएको राहत सहयोग कार्यक्रममा झन्डै ८० (असी) जनालाई राहत वितरण गरी पहिलो चरणको राहत सहयोग कार्यक्रम सम्पन्न गरेको ब्यहोरा समाजका सह सचिब जीवन थापा मगर ज्यूले जानकारी गराउनु भयो ।
मगर समाज फ़्रान्सका उपाध्यक्ष श्री बिष्णु सारू मगर ज्यूले नेपाली समाज र समुदायलाई दुखेको बेला मगर समाज फ्रान्सको जहिले पनी भूमिका रहने ब्यहोरा जानकारी गराउदै यस मानवीय कर्ममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्था एवं महानुभावहरुलाई समाजका तर्फ बाट धन्यबाद ज्ञापन गर्नुभयो ।
