आज विश्वभर मे डे अर्थात विश्व मजदूर दिवस मनाइदैछ । तर यसपटक यो दिवस कोरोना भाइरसको महामारीका कारण छायाँमा परेको छ । नारा जुलुस सहित मजदुर अधिकार र सामाजिक समानताको बिषयमा बोल्ने दिन कतीले घर बसेरै बिताएका छन, कतीले काममै बिताईरहेका छन्।
अर्थात काम नगरी साँझको छाक टार्न नसक्नेहरु अहिले पनि कोरोना भाइरसको जोखिम मोलेर मजदूरी गर्न विवश छन । यिनै वर्गका नागरिकहरुको मेहनतले यातायात, स्वास्थ्य, शिक्षा खाद्यान्न आदि जस्ता महत्वपूर्ण क्षेत्र सुचारु चलिरहेको हुन्छ, देश चलिरहेको हुन्छ तर आज मजदूरहरुलाइ समाजले नै गन्दैन, राजनीति यिनीहरु माथि गरिन्छ यिनीहरुको लागि कमै गरिन्छ।
कोरोना भाइरसको कारण सबैभन्दा बढी मारमा परेका मजदूरहरुको बारेमा सर्वत्र चिन्ता त व्यक्त गरिएको छ तर उनीहरुको अवस्था सुधार गर्ने प्रयाप्त कदम भने खासै चालिएको छैन। भनिन्छ मजदूरको कुनै दिवस (छुट्टी वा उत्सव) हुदैन, भोको पेटले खानेकुरा माग्छ, कानले बालबच्चाको चिच्चाहट सुन्छ। अलिकति बचेको पैसाले संविधान होइन चामल र पिठो किनिन्छ।
तनहुँको भिमाद नगरपालिका ७ मा भेटिएका मजदूरहरु सधैँ झैँ आज आफ्नो काममा व्यस्त थिए ।