रहेनन ऋषि कपूर

बुधबार बलिउडका लागि दुःखद दिन बनेर गएको छ । सिने जगतका दिग्गज र ‘वास्तविक’ अतिनेता इरफान खानसँगै अर्का चर्चित अभिनेता ऋषि कपूरले पनि भौतिक रुपमा संसार छोडेर गएका हुन ।

सुरुमा अभिनेता अमिताभ बच्चनले ट्वीटमार्फत उक्त दुःखद खबरको जानकारी दिएका हुन । अमिताभले बिहीबार बिहान साढे नौ बजे ऋषि कपूरको निधनको खबरसँगै श्रद्धाञ्जली दिएका हुन । उनले ट्वीटमा ‘बो चले गए…ऋषि कपूर … वो चले गए… उनका निधन हो गया । मै टूट गया हू’ भन्दै गहिरो शोक जनाएका छन ।

मंगलबार स्वास्थ्य खराब भएपछि ऋषि कपूरलाई मुंबइको एचएन रिलायंस फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । त्यस क्रममा रणधीर कपूरले भनेको थिए, ‘उहाँ अस्पतालमा हुनुहुन्छ र क्यान्सरसँग लडिरहनुभएको छ । उहाँलार्य सास फेर्न समस्या भइरहेको छ ।’

ऋषि कपूर र इमरान खानले फिल्म डी डे (२०१३) संगै खेलेका थिए, फरक धारका दुइ कलाकार संगै देखिदा फिल्म निकै रोचक बन्न पुगेको थियो। कपूरका फिल्महरु प्राय ब्ल्याक एण्ड व्हाइट जमानाको उत्कृस्ट फिल्महरु थिए, जुन जमानालाइ बलिवुड सिनेमाको स्वर्णिम युग पनि भनिन्थ्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here