फ्रान्समा लकडाउन खोल्ने तयारी, “अब हामी भाइरस संगै बाँच्न सिक्नु पर्छ” : प्रधानमन्त्री

एडवार्ड फिलिप
एडवार्ड फिलिप

प्रकाश सापकोटा, परिस | फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले सरकारले लकडाउन खोल्न ल्याएको कार्यक्रम मंगलबार संसदमा प्रस्तुत गरेका छन। संसदमा बोल्दै उनले अब हामी भाइरस संगै बाँच्न सिक्नु पर्छ भनेका थिए। सरकारले यहि ११ मे बाट बिस्तारै लकडाउन खोल्न तयारी सुरु गरेको छ।

प्रतिनिधिसभामा प्रस्तुत कार्यक्रममा ३६८ सांसदले पक्षमा र १०० सांसदले विपक्षमा मतदान गरेका थिए। यो संगै सरकारले ल्याएको कार्यक्रम कार्वान्यनमा जाने निश्चित भएको छ। ११ मे बाट बिद्यालयहरु खोल्ने बिषयमा भने व्यापक बिरोध पछि सरकार पछि हटेको छ। डे केयर सेन्टरहरु र शिशु कक्षाहरु ११ मे देखि नै संचालनमा आउने भएका छन। जसमा जम्मा १० जना बच्चाहरुको समुह बनाई छुट्टाछुट्टै राखिने छ। प्राथमिक तहका बिद्यालयहरु र निम्न माध्यमिक तहका बिधालयहरु १८ मे बाट संचालनमा आउदै छन। कलेज (लिसे) हरु कहिले खोल्ने भन्ने बिषयमा मे महिनाको अन्त्यतिर निर्णय लिइने भएको छ।

लकडाउनको अन्त्य संगै सरकारले हरेक हप्ता ७ लाखको संख्यामा परिक्षणहरु गर्ने उदेश्य लिएको छ। सर्वसाधारणहरु घर बाहिर जान फारम भर्न पर्ने छैन । बजारमा जान र रेल बस चडन सकिनेछ। तर यदि १०० किलोमिटर भन्दा टाडा जानु पर्ने भएमा फारम भर्नु पर्ने हुन्छ। हरेक जिल्लालाइ कोरोना भाइरसले पारेको प्रभाव, नयाँ संक्रमितको संख्या र अस्पतालको क्षमताको आधारमा हरियो र रातो क्षेत्रको रुपमा छुट्याइने छ। रातो चिन्ह लगाइएका जिल्लाहरुमा लकडाउन केहि हदसम्म कयाम नै हुने छ।

सार्वजनिक सवारी साधनहरु प्रयोग गर्दा हरेक व्यक्ति बीच २ सिट छोडेर एक अर्का बीच दुरी कायम गर्नु पर्ने छ। मास्कलाइ अनिबार्य बनाइने छ। मास्कलाइ सर्वसाधारणले सजिलै किन्न नसक्ने बनाएको र वितरण पनि नगरेको भनि व्यापक बिरोध भएपछि २७ अप्रिल बाटै सरकारले सजिलै खरिद गर्न पाउने व्यवस्था मिलाएको छ। त्यस्तै सरकारले सर्वसाधारणको लागि भनेर हरेक हप्ता २६ मिलियन मास्क उपलब्ध गराउने बताएको छ।

लकडाउन खुले पनि १० जना भन्दा धेरै जम्मा हुने कुनै प्रकारको कार्यक्रम गर्न पाइने छैन। १ किलोमिटर भन्दा टाढा गएर शारीरिक ब्यायाम, खेलकुद आदि गर्न पाइने छैन। ठुला पुस्तकालय तथा म्युजियम आदि बन्द रहने छन तर सानो आकारका स्थानीय पुस्तकालयहरु खोल्न सकिने छ। चिहानघरहरु पनि खुल्ने छन तर २० जना भन्दा बढी जम्मा हुन पाइने छैन। पार्क र बगैचाहरु बिस्तारै नगरपालिकाको निर्णयमा खोलिने छन्।

अन्य व्यापारिक स्थलहरु खोल्न सकिने छ तर होटेल रेस्टुरेन्ट र बारहरु भने कम्तिमा २ जुन सम्म बन्द नै रहने छन्। खोलिएका पसलहरुले ग्राहकको संख्यामा ध्यान पुर्याउनु पर्ने छ। ठुला सपिङ्ग महलहरुको बारेमा भने स्थानीय प्रशासनले निर्णय लिने छ।

फ्रान्समा १ मार्च देखी २८ अप्रिल सम्मको तथ्यांक अनुसार कोभिड-१९ ले २३ हजार ६ सय ६० जनाको ज्यान लिएको छ भने करीब १ लाख ६० हजार भन्दा बढी संक्रमित भएको पुस्टि भएको छ। फ्रान्समा लकडाउनले गर्दा १ महिनामा करिब ६० हजारको ज्यान जोगिएको प्रधानमन्त्रीले फिलिपले संसदमा बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here