सत्ता समीकरणका “गोप्य भेटवार्ता” कायमै, प्रम लाइ गालि गरेको भन्दै अन्तरबार्ता हटाइयो

पछिल्ला राजनीतिक घटनाक्रम लगतै सत्तारुढ नेकपाभित्रै विवाद बढिरहेको बेला प्रतिपक्षी दलहरु कांग्रेस, जनता समाजवादी र राप्रपालेले सरकारविरुद्ध मोर्चाबन्दी गर्न सुरु गरेका छन् । उनीहरुले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चिँदै सर्वसत्तावादतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै एक बिज्ञप्ति जारि गरेका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादीका तर्फबाट उपेन्द्र यादव र शरतसिंह भण्डारी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रकाशचन्द्र लोहनीले संयुक्त विज्ञप्ति जारी गर्दै स्वेच्छाचारी र सर्वसत्तावादी सरकार विरुद्व एकताबद्ध भएर संघर्ष गर्ने चेतावनी दिएका छन्।

समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण सरकारकै संलग्नतामा भएको र दोषीलाई सरकारले जोगाएको आरोप लगाउदै घटनामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न पनि माग गरिएको छ। भट्टराई र यादव नेतृत्वको समाजवादी पार्टी फुटाउनका लागि सत्तारुढ नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेनद्र खनालले सांसद यादवलाई महोत्तरीबाट अपहरण गरेर काठमाडौं ल्याएको घटना सार्वजनिक भएको थियो। तर काठमान्डौमा दर्ता गर्न नमिल्ने भन्दै प्रहरीले अपहरणको उजुरी दर्ता गर्न मानेको छैन।

हेर्नुहोस यो बिज्ञप्ति :

आर्को तर्फ पार्टीभित्रको विवाद समाधान गर्न वरिष्ठ माधव कुमार नेपालको निवास कोटेश्वरमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुको बैठकले यथाशीघ्र र व्यवस्थित ढंगले पार्टी कमिटीको बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । मुलुकमा जारी लकडाउनलाई चुनौती दिँदै केही दिनयता नेताहरुबीच दिनहुँजसाे गोप्य बैठकहरु भइरहेका छन । नेपाल र ओली पक्षीय नेताहरुको बैठकमा प्रचण्ड र खनाल पक्षीय नेताहरुलाइ नबोलाइएको भन्दै अर्को विवाद सुरु भएको छ।

रेडियो नेपाल काण्ड

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले सोमबार बिहान सरकारी सञ्चारमाध्यम रेडियो नेपाललाई दिएको अन्तरवार्ताले पछि फेरी अर्को विवाद सुरु भएको छ। अन्तर्वार्तामा भट्टराईले प्रधानमन्त्रीमाथि निरङ्कुश, उदण्ड र भष्मासुर आदि शब्दको प्रायोग गर्दै कडा आलोचना गरेका थिए । अन्तरवार्तापछि प्रधानमन्त्री कार्यालयले चासो राख्दै रेडियो नेपालका वरिष्ठ अधिकारीहरुलाई फोन गरको रेडियो नेपाल स्रोतले जनाएको छ । साथै रेडियो नेपालले अन्तर्वार्ताको लागि माफी माग्नुका साथै अनलाइन बाट अन्तरबार्ता हटाइएको छ ।

नेपालमा हालसम्म (१५ वैशाख, २०७७ । १५ : २० बजे) सम्म संक्रमित को संख्या ५२ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here