कोरोनाको चपेटामा न्युयोर्क: चिडियाखानाको बाघलाई पनि कोरोना

संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित ब्रोङ्स चिडियाखानामा एउटा बघिनीलाई कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ। चार वर्ष उमेरकी उक्त बघिनीबाट सङ्कलित नमुनामा भाइरस भेटिएको आयोवा स्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाले जनाएको छ।

प्रयोगशालाका अनुसार उक्त बघिनीसहित अन्य ३ बाघ र तीन अफ्रिकी सिंह सुक्खा खोकीबाट पीडित छन्। चिडियाखानाका एक कर्मचारीले तिनलाई कोरोनाभाइरस सारेको अनुमान गरिएको छ। न्यूयोर्कमा कोभिड १९ का बिरामीहरु बढ्नासाथ ब्रङ्क्स चिडियाखाना गत मार्च १६ देखि बन्द छ ।

यूएसडीएका अनुसार बाघमा देखिएको यो पहिलो कोभिड १९ (कोरोनाभाइरस) को केस हो । त्यहाँ भएका वन्यजीव र कर्मचारीको सुरक्षाका लागि अब नयाँ उपाय अवलम्बन गरिनेछ। गत फेब्रुअरीको अन्तिम सातामा हङकङका दुइओटा कुकुरलाई कोरोनाभाइरस देखिएको पुष्टि भएको थियो । विश्व स्वास्थ संगठनले कुकुर ठिकै रहेको र कुनै लक्षण नदेखिएको बताएको थियो त्यस्तै बेल्जियममा एउटा बिरालोमा पनि कोरोना देखिएको थियो।

श्रोत USDA United States – confirmed by new york times, bcc ….

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here