सभामुखमा अग्नि सापकोटा : नेकपा सचिवालय बैठकले अनुमोदन गर्ने तयारी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज भएको बार्तामा पुर्व माओवादी नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको श्रोतले बताएको छ।

सिन्धुपाल्चोक जिल्ला को कुभिन्डेमा २०१६ फागुन २४ गते जन्मेका सापकोटा समाजशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेका पूर्व शिक्षक हुन् । उनले १५ वर्ष सम्म शिक्षण पेशा अपनाएका थिए।

सरकारमा यसघि उनले सूचना तथा संचार मन्त्रालयमा मन्त्रिको पदमा रही केहि महिना काम गरेका थिए।

सहमति पश्चात् माघ ६ गते बस्ने बैठकले सभामुखको निर्वाचन प्रकृया सुरु गर्नेछ । सोमबार प्रतिनिधिसभा बैठक बोलाइएका कारण सभामुखको उम्मेदवार आजै टुंग्याउनुपर्ने दबाब सत्तारुढ नेकपालाई रहेको थियो । सभामुख चयनका विषयमा छलफल गर्न अध्यक्ष प्रचण्ड आइतबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here