एनआरएन फेसबुक लाइभ: आर्थिक विवरण त्रैमाशिकरुपमा सार्वजनिक गर्ने… “सिधा संवाद” संक्षिप्तमा

प्रकाश सापकोटा, फ्रान्स। यहि २१ डिसेम्बर शनिवार एनआरएनका केन्द्रिय महासचिव डा. हेमराज शर्माले एनआरएनबारे सामाजिक सञ्जालमार्फत आएका प्रश्नहरुको जवाफ दिँदै एनआरएनमा अहिलेसम्म भइरहेका गतिविधि सिधा संवाद कार्यक्रम मार्फत स्पष्ट पारेका छन् । उनले आफ्नो दुई वर्षे कार्यकालमा कुनै परिवर्तन नआए अर्को पटक नेतृत्वको चुनावी मैदानमा आफू नहुने प्रतिबद्धता व्यक्त गर्दै सबैलाइ धैर्य गर्न आग्रह गरे। कार्यकाल २ महिना सकिदा हालसम्म बिभिन्न क्षेत्रमा कामहरु अगाडी बढिरहेको बताउदै उनले एनआरएनको छवि सुधार्न सबै प्रयासहरु सफल पार्ने विश्वास दिलाए।

फेसबुक मार्फत प्रतक्ष्य अन्तरक्रिया गर्दै उनले नयाँ कार्यसमिति निर्वाचित भएर आएको २ महिना भित्र गरिएका कामहरुको जानकारी तथा भावी योजनाहरु पहिलो चारणमा र प्रश्नहरुको उत्तर दोस्रो चरणमा गरी कार्यक्रम प्रस्तुत गरेका थिए।

करिब एक घण्टा ३० मिनेट भन्दा बढी समयसम्म चलेको सिधा संवाद कार्यक्रममा उनले बोलेका कुराहरु र प्रतिबद्वताहरु बुँदागत रुपमा यसप्रकार छन्।

  • निर्वाचित भएको तेस्रो दिनमा नै आइसीसीको बैठक बसी अबको २ बर्षमा के के कामहरु गर्ने भन्ने बारेमा छलफल भएको जानकारी दिए। यो बितेको २ महिनामा गत कार्यकालमा सुरु भएका मेगा प्रोजेक्टहरु मध्य अहिले कार्यसमिति सम्पन्न गर्न बाँकी लाप्राक बस्ति तर्फ केन्द्रित भएको जानकारी दिए। बस्तिका प्रत्यक घरमा शौचालय बनाउने काम भैरहेको र काम पुरा भएपछि हस्तान्तरण गरिने जानकारी दिए।
  • अब तत्काल सुरु गर्नुपर्ने कामहरु मध्य संगठित लगानी (पूँजी निमार्ण) को लागि अध्यक्ष कुमार पन्तको नेतृत्वमा र भिजिट नेपाल २०२० को लागी सरकार संग तत्काल सहकार्य गर्नुपर्ने भएकोले निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति बनिरहेको जानकारी दिदै भिजिट नेपालको लागि सबै एनसीसीमा पत्रचार गरिएको जानकारी दिएका थिए।
  • कल्याणकारी कोषमा १ करोड भन्दा बडी राखिसकिएको र अब बिस्तारै बढाउदै लैजाने र रेमिट्यान्समा लाग्ने कमिसनबाट २ पैसा वैदेशिक रोजगार कल्याणकारी कोषमा जाने बिषयमा नेपाल सरकार र रास्ट्र बैंकको सहमति र सहकार्यको काम अगाडी बढेको जानकारी दिए। 
  • सबै च्यारिटीका कामहरु एनआरएन फाउन्डेसन मार्फत गर्ने निर्णय भएकोले यसलाई ब्यबस्थित गर्दै सबै च्यारिटीका कार्यक्रमहरु एकद्वार प्रणाली बाट लैजानको लागि अवधारणा पत्र तयार गर्ने लगायत गृहकार्य भैरहेको जानकारी दिए।
  • गत चुनावमा भएका कमजोरीहरुको अध्ययन गर्दै अध्यक्षले आगाडी सारेका निशुल्क सदस्यता र अनलाइन भोटिंग व्यवस्थाको लागि समितिले काम गरिरहेको जानकारी दिए।
  • बिभिन्न कमिटीहरुलाइ पूर्णता दिने कामहरु सम्पन्न भएको र त्यसमा आएका टिप्पणीहरुको खण्डन गर्दै सबै मनोनयन विधान बमोजिम भएको जानकारी दिएका छन्।
  • ५ जना उपाध्यक्षहरुलाइ ५ क्षेत्रमा जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिए।
  • उपाध्यक्षहरुले अब जनवरीमा हुने फेस टु फेस बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्ने र त्यसमा छलफल हुने बताएका छन
  • काठमाडौं महानगरपालिका संग शौचालय निर्माण र व्यवस्थापनको लागि एनआरएनको सहयोग रहने र त्यसको लागी गृहकार्य भैरहेको जानकारी दिए।
  • दोहोरो नागरिकाको सन्दर्भमा हालै सुरु भएको संसदको हिउँदे अधिवेशनले गैर आवासीय नेपालीहरुको लागि नागरिकताको व्यवस्था गर्ने र त्यो भएपछि कार्यान्वनमा आउनको लागि अन्य गृहकार्य सुरु हुने जानकारी दिए।
  • गैरआवासीय नेपालीहरुको लागि बन्ने ऐन को लागि संस्थाले नेपाल सरकार लाइ २० बुँदे सुझाव पेश गरेको।  गैर आवासीय नेपालीहरुको नेपालमा भएको पैतृक सम्पत्तिको सुरक्षा सोहि ऐनले गर्ने जानकारी दिए।
  • एमआइस सिस्टमलाइ अझै सुधार गर्दै ब्यबस्थित गर्ने सबै एनसीसीलाइ अनिबार्य रुपमा यस सिस्टम अन्तर्गत ल्याउने जानकारी दिए। डाटा सेक्युरिटीको लागि पहल जारि गरिने र यस सम्बन्धि अध्ययन गरेर निष्कर्ष निकाल्ने जानकारी दिए।
  • एनसीसी र आइसीसीको लेखा परिक्षण गर्न कोषाध्यक्षले समुह बनाउदै गरेको र प्रत्यक ३ – ३ महिनामा आइसीसी सहित हरेक एनसीसी को पनि आर्थिक विवरण केन्द्रिय वेबसाइटमा राख्ने जानकारी दिएका छन्।
  • एनआरएनमा न्यूनरुपमा सदस्यता हुने गरेको र आकर्षण घटेको स्वीकार्दै त्यसतर्फ सुधार गर्न विकृतिहरु रोक्नुपर्ने, आर्थिक पर्दशिता तथा माथिका बुँदाहरुले प्रभाव पर्न सक्ने बताए।
  • सचिवालय सुधार गर्न कर्मचारीहरुलाइ तालिम दिदै, आर्थिक पारदर्शिताको लागि कोषाध्यक्षले काम सुरु गरेको र कर्मचारीहरुलाइ पहिला जस्तो हटाउने मनपरी राख्ने नगरी क्षमता बिकाश र कामको मुल्यांकन गर्दै त्यसलाई ब्यबस्थित गर्ने जानकारी दिए।
  • बिज्ञ सम्मेलनलाइ नेपाल सरकारले रुचि देखाएको र सहयोग गर्न तयार रहेकोले २०२० मा पनि यसलाई निरन्तरता दिइने बताए। त्यसको लागि आफ्नै संयोजकत्वमा समिति बन्ने जानकारी दिए।
  •  २१ जना सदस्य मनोनित गरिएको बिषयमा सबै वर्ग क्षेत्र र बिचारका व्यक्तिहरु समेट्ने क्रममा केहि असन्तुस्टीहरु आएका बारेमा जवाफ दिदै कार्यसमिति र अध्यक्षलाइ सहयोग पुग्ने गरि मनोनयन गर्ने व्यवस्था विधानमा भएकोले बैठकमा छलफल गरेर मनोनयन गरिएको र सबै क्षेत्रका व्यक्तिहरुलाइ समेट्ने प्रयास गरिएको बताए।
  • उनले केहि कुरा विधान विपरित भएका छन् भन्ने विधान समितिमा उजुरी गर्न सुझाव दिए।
  • आर्थिक अनिमियताका बारेमा आएका समाचारहरुबारेमा बोल्दै उनले लेखा परिक्षण भैरहेकोले प्रतिवेदन आउन्जेल धैर्य गर्न आग्रह गरे।
  • एनआरएनमा राजनीति धेरै भयो भन्ने प्रश्नमा, एनआरएनमा राजनीति गर्नेहरु संग पनि संगै बसेर काम गर्नु पर्ने, तर चुनावको बेला राजनैतिक रङ देखिने गरेको स्वीकार्दै त्यसलाई कम गर्नतिर लग्नुपर्ने बाताए। साथै उनले एनआरएन र राजनैतिक भात्रीसंगठनमा एकैपटक पद लिएर बस्न विधानले नदिन बताए।
  • अघिल्लो चुनावमा ह्यात होटेल भित्र प्रतिनिधिहरुलाइ मात्र प्रवेश दिनुपर्नेमा सबैलाइ खुल्ला गरिएको कारण राजनैतिक दलका व्यक्तिहरुको उपस्तिथी रहेको स्वीकार्दै, अब आउने बर्ष अन्य विकल्प निकाल्दै सुधार गर्ने बताए।
  • अघिल्लो अधिवेशनमा बजेट पास नभएको र विधान संसोधन नभएकोले छिटै बिशेष अधिवेशन गर्ने र ति कामहरु सम्पन्न गर्ने तयारी भैरहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here