स्पेनका लागि नेपाली राजदूत दावा फूटी शेर्पाले आज बाट कार्यभार सम्हाल्दै

सरकारले गत जेठमा स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पालाई सिफारिस गरेको थियो। २०३८ सालमा जन्मेकी शेर्पा पहिलो महिला सगरमाथा ओरोही पासाङ ल्यामु शेर्पाकी छोरी तथा हेलिकोप्टर दुर्घटनामा निधन भएका व्यवसायी आङछिरिङ शेर्पाकी भतिजी हुन्। अमेरिकामा अध्ययन गरेर केही समयअघि मात्र नेपाल फर्केकी शेर्पा “पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसन”की अध्यक्ष समेत रहेकी छन्। उनलाई सरकारको, बिशेष गरी प्रधानमन्त्री ओलीको सिफारीसमा राजदूत नियुक्त गरिएको थियो ।

उनले आजकै मिति बाट कार्यभार सम्हाल्ने स्पेन स्थित राजदुतावासले जानकारी दिएको छ। यसअघि करिब १ बर्ष अगाडी स्पेनका राजदुत भरतबहादुर रायमाझी लाइ सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो।  स्पेनमा सन् २०१७ मा नेपाली राजदुतावास स्थापना भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here