
एकजना महिलाको डेरामा पुगेर यौनदुर्व्यहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।केहि समय अगाडी मात्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो ।
राजीनामा पत्रमा उनले कुन पदबाट राजीनामा दिएको भन्ने खुलेको छैन सभामुखको लेटर प्याड भएकाले सभामुखबाट राजीनामा दिएको स्वत: बुझिन्छ। तर सांसदबाट भने उनले राजीनामा दिएका छैनन्। पत्रमा सांसदबाट राजीनामा दिएको कहिँकतै उल्लेख छैन।