एनआरएन युके चुनाव: धांधली गरेको भन्दै तीव्र विवाद, शेर सुनार पक्षले बहिष्कार गर्ने चेतावनी !

एनआरएन युकेको निर्वाचनमा अध्यक्षका प्रत्यासीहरु पुनम गुरुङ र शेर बहादुर सुनारले आ-आफ्ना प्यानल बनाइ लडेका थिए। उनीहरु दुवैजना बर्तमान कार्यसमितिमा उपाध्यक्ष पदमा छन्। बर्तमान कार्यसमितिका अध्यक्ष योगकुमार फगामी पुनम गुरुङको प्यानल बाट आइसीसीका उम्मेदार छन् भने केहि अरु उपाध्यक्षहरु शेर सुनारको प्यानल बाट उपाध्यक्ष तथा आइसीसीका उम्मेदवार छन्। निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त रिटायर्ड मेजर डमर घले रहेका छन्।

१. १४ सेप्टेम्बरका दिन भएको एनआरएन युकेको निर्वाचनमा १३ वटा बुथहरु थिए । प्रायः सबै ठाउँमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको थियो । झन्डै नौ हजार मत खसेको बताइएको थियो ।

२. मतदान शुरु भई सकेको पछिको पहिलो विवाद हो एनआरएनए युकेको वर्तमान कार्यसमितिका अध्यक्ष योगकुमार फगामी र अध्यक्षका प्रत्याशी पुनम गुरुङको गृह शहर बेजिंगस्टक मतदान केन्द्रमा मतदान धाँदली पूर्ण भयो भन्ने । धाँदली कसरी भई रहेको छ भनि मतदान चलि रहेको बेला दिउसो १२ बजे प्रमाण सहित अध्यक्षका प्रत्याशी शेर सुनार पक्षले त्यस ठाउँमा मतदान रोक्न निवेदन दिएका थिए । तर निर्वाचन आयुक्तले त्यस्तो काम ‘रोकिएको’ बताए पनि निर्वाचन रोकिएन ।

३. पूनम गुरुङ पक्षले ह्यारो र अल्डरसट बुथमा शेर सुनार पक्षले धाँधली गरेको उजुरी निर्वाचन समितिलाई बुझायो ।मतदान रोकिएन।

४. शेर सुनार पक्षको मतदाता हो भनि चिनिएका करिब चार सय व्यक्तिहरुको नाम मतदान केन्द्रमा पठाईएको अन्तिम मतदाता नामावलीबाट हटाइएको आरोप शेर सुनार पक्षले लगायो।

५. मतदान सकिएपछी बेजिंगस्टोकबारे निर्णय नभई मतगणना सुरु नगर्न शेर सुनार पक्षको जिकिर रह्यो । निर्वाचन समितिले यथास्थितिमा मतगणना गर्न नसकिने र पुनः निर्वाचन पनि गर्न नसकिने भन्दै भोलि बिहान सामूहिक राजीनामा गर्ने बतायो ।

६. निर्वाचन समितिले राजीनामा दिएको हो या होइन द्वुविधा कायम रहँदा आइतवार दिउसो पत्रकार सम्मेलन गरि दुवै पक्षबाट उजुरी परेको तीन मतदान केन्द्रको विवादलाई कुनै सम्बोधन नगरी निर्वाचन समितिले साँझ करिब ६ मत गणना प्रक्रिया अघि बढाउने निर्णय सुनायो।

७. निर्वाचन समितिले पुनम गुरुङ पक्षहरुलाइ मात्र लिएर मतगणना सुरु गरेको आरोप लागेको भए पनि, पत्रकार सम्मेलनमै निर्वाचन समितिले शेर सुनार समुहलाइ मतगणनाको लागि उपस्तिथी जनाउन अनुरोध गरेको थियो।

८. राजिनामा दिई सकेको निर्वाचन समितिले एक पक्षलाई मात्र सामेल गरि मत गणना जारी राखी नयाँ समिति घोषणा गर्न खोजेको आरोप शेर सुनार समुहले लगाएका छन्।

९. निर्वाचन समितिले अपनाएको प्रक्रिया प्रति असहमति जनाउदै नर्दन आयरल्याण्डबाट एनआरएन युकेका लागि निर्विरोध निर्वाचित उपाध्यक्ष नारायण कंडेलले पद त्यागको घोषणा गरेका छन्।

१०. एनआरएन युकेको वर्तमान कार्यसमितिका बहुमत पदाधिकारी तथा सदस्यहरुले एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टलाई एक निवेदन पठाउंदै निर्वाचन समितिले आइतबार बिहानदेखि लागू हुने गरी राजिनामा दीइसकेकाले मत पेटिकाको सुरक्षा गर्न र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न माग गरेको बताएका छन् । निर्वाचनमा धाँधली भएको र पुनः मतदानको लागि चासो नदेखाएको भन्दै कार्यसमितिको बहुमतले निर्वाचन समितिलाई बिघटन गरेको भनिएको छ । उपाध्यक्ष ललित कुमार न्यौपानेको अध्यक्षतामा अल्डरशटमा बसेको बैठक (कार्यसमितिको बैठक हो/होइन प्रष्ट भएन) ले डमर घले नेतृत्वको निर्वाचन समितिलाई बिघटन गर्ने निर्णय गरेको भनिएको छ । अध्यक्ष योग कुमार फगामी त्यहाँ उपस्थित थिएनन।

अब राजिनामा दिने चेतावनी दिएको वा राजिनामा दिएको – र धाधली गरेको उजुरीउपरकुनै निर्णय नगरी विवादित बनेको निर्वाचन समितिले मतगणना सम्पन्न गरे पनि एक समुहले नतिजा अमान्य भएको घोषणा गर्ने सम्भावना देखिन्छ।

झन्डै चौध हजार मतदाता सहित संसारकै सबै भन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न सफल एनआरएन युकेको पछिल्लो विवादले धेरै मतदाताहरु निराश भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here