सांसददेखि राष्ट्रपतिसम्मको तलब वृद्धि, कसको कति ? (सूचीसहित)

सरकारले सांसददेखि राष्ट्रपतिसम्मको तलब बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसद्मा सार्वजनिक गरेको बजेटमा राजपत्र अनंकित (सुब्बासम्म) को २० प्रतिशत र राजपत्रांकित (अधिकृत र सोभन्दा माथि) का कर्मचारीको तलबमा १८ प्रतिशत वृद्धि हुने घोषणा गरिएको थियो ।

कर्मचारीको तलब वृद्धिसँगै भीभीआईपीको तलब पनि स्वतः बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् । बढेपछि राष्ट्रपतिको मासिक तलब १ लाख पचास हजार बाट १ लाख ७७ हजार रुपैयाँ पुग्ने छ । यस्तै उपराष्ट्रपतिको १ लाख ८ हजार मा वृद्धि हुँदा १ लाख २७ हजार रुपैयाँ पुग्नेछ ।

मुख्य सचिवको तलब ५४ हजार ५ सय ८८ छ । मुख्य सचिवको १८ प्रतिशतले तलब वृद्धि हुँदा ६४ हजार ४ सय १४ पुगेको छ ।सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष र संसदीय समितिका सभापतिको तलब पनि १८ प्रतिशत बढेको छ । सांसददेखि भीभीआईपीको तलब एकैपटक बढ्दा राज्यकोषमा ठूलो असर पुग्ने हुन्छ।

संघीय सांसदको पारि श्रमिक वृद्धिसँगै प्रदेशसभाका सांसदको पनि तलब बढ्ने छ । सांसदको तलबवृद्धिसँगै मन्त्रीहरुको तलब पनि बढेको छ । मन्त्रीहरुको तलब हाल ६० हजार ९ सय ७० रुपैयाँ छ । १८ प्रतिशत वृद्धिसँगै मन्त्रीको तलब ७१ हजार ९ सय ४५ पुग्ने अन्नपूर्ण पाेस्टले श्रोत उल्लेख गर्दै खुलाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here