
एनआरएनए अमेरिकाको निर्वाचनको मुखमा मुद्दा दर्ता भएको छ । मुद्दाको जवाफ एक साता भित्र फर्काउन अदालतले आदेश दिएको भनिएको छ । एनआरएन अमेरिकाका वकिल रोवर्ट एल भेन्सीलाई सोमबार प्राप्त भएको पत्र अनुसार मुद्दा २६ तारिख शुक्रवार दाखिला गरिएको हो ।
प्रमुख निर्वाचन आयुक्त विश्व बराललाई हटाउन, नयाँ निर्वाचन आयुक्त नियुक्त गर्न एक महिना भित्र साधारण सभा बोलाउन, जारी निर्वाचन प्रक्रियालाई सस्पेन्ड गर्न र मेम्बरसिप रजिष्टेशन पुन खुला गर्न मुद्दाका पक्षधरहरूको माग रहेको छ । मुद्दा नारायण थापा र रविना थापाले दर्ता गरेका हुन् । यस अघि पनि एनआरएनएको निर्वाचन परिणाम विरुद्ध मुद्दा दायर भएको थियो।
थप जानकारीका लागि पेरिसनेपाल डटकम parisnepal.com र फेसबुक पेज हेर्दै गर्नुहोला ।