गैर आवसीय नेपाली संध बेल्जियमको सदस्यता वितरण तथा नविकरण सुरु

यहि अप्रिलको पहिलो साता गैर आवसीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहालको अध्यक्षतामा बसेको बैठकले एनआरएनए बेल्जियमको आगामी अधिबेसन १८ अगस्त २०१९ मा बेल्जियमको लुबेन शहरमा गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।

अधिबेसन सम्पन्न गर्न प्रारम्भिक रुपमा सदस्यता बितरण तथा नबिकरणको लागि संस्थाका उपाध्यक्ष खड्क बहादुर के सी को संयोजकत्वमा संस्थाका सदस्य तिर्थ धमला सदस्य सचिब रहने गरी सदस्यता बितरण समिती गठन गरेको छ। सदस्यता बितरण तथा नबिकरण समितिमा बेल्जियमका ७ छेत्रबाट सदस्य राखेर समिती निर्माण गरिएको छ। सदस्यता बितरण केन्द्रिय MIS सिस्टम प्रयोग गरि अनलाइन बाट मात्र हुन सकिने गरि १० युरो मात्र शुल्क रखिएको सदस्यता वितरण समितिका संयोजकले बताउनुभएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here