एनआरएन युरोप क्षेत्रीय बैठक आयोजना गर्न एनसिसि इटालीले गठन गर्यो विभिन्न उपसमितिहरु

यहि मिति ३१/०३/२०१९ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव समिति इटालीको सातौ बैठक इटाली रोममा संघका अध्यक्ष  दिपेसकुमार रेग्मीको अध्यक्षतामा बसेको थियो । बैठकले यहि आउदो अगष्ट ३ र ४, २०१९ मा इटालीको रोममा हुन गैरहेको गैर आवासीय नेपाली संघको १२ औ युरोप क्षेत्रीय बैठक तथा १० औ महिला सम्मेलन भब्यतकासाथ सम्पन्न गर्नको लागि त्यसतर्फ तयारी स्वरुप विभिन्न महत्तोपुर्ण निर्णय गर्दै बिसेष समिति तथा उपसमितिहरु गठन गरेको छ । तदअनुसार गठन गरिएका समितिहरु एसप्रकार रहेका छन् :

  1. fund raising comittee : बैठकले आइसीसी सदस्य श्री क्षेत्रकुमार श्रेष्ठको संयोजकत्वमा एनसिसि अध्यक्ष दिपेसकुमार रेग्मी, उपाध्यक्षद्वय श्री देवराज गुरुङ, मनोजकुमार कार्की, महासचिब, छबिलाल कंडेल, कोषाध्यक्ष असोक उप्रेती, नेपाली समाज रोमका अध्यक्ष हरिभक्त काराखेती र नेपाली समाज भेनिसका अध्यक्ष राजन चापागाईं रहने गरि समिति गठन गरेको छ ।
  2. local management comittee : यसै गरि बैठकले अध्यक्ष श्री दिपेसकुमार रेग्मीको सम्योजकत्त्वोमा उपाध्यक्ष श्री मनोजकुमार कार्की र इटाली स्थित सम्पूर्ण स्थानीय नेपाली समाजका अध्यक्षहरु रहनेगरि समिति गठन गरेको छ ।
  3.  hall, acomodation, food and beverage management committee संघका उपाध्यक्ष श्री देवराज गुरुङको सम्योजकत्वो मा हरिभक्त काराखेती, प्रकाश महर्जन रहने गरि समिति गठन गरियो ।
  4.  transpotation management committee : क्षेत्रकुमार श्रेष्ठ, दिपेस कुमार रेग्मी ।
  5. volunteer management committee : नेपाली समाज रोमका अध्यक्ष श्री हरिभक्त काराखेती संयोजक र सम्पूर्ण स्थानीय नेपाली समाजका प्रतिनिधि रहनेगरी समिति गठन गरियो ।
  6. cultural programme management committee : एनआरएन इटाली कार्यसमिति र अन्तरास्ट्रिय कलाकार संघ इटालीको प्रतिनिधित्वॊ रहने गरि बैठकले समिति गठन गरेको छ ।
  7. Registration management committee : यसै गरि भवेशकुमार सिंह संयोजक, अशोक उप्रेती सदस्य रहने गरि समिति गठन गरेको छ ।
  8. Media and communication team : यसैगरि बैठकले महासचिब छबिलाल कंडेलको सम्योजकत्वोमा मनोजकुमार कार्की र भवेशकुमार सिंह रहने गरि समिति गठन गरेको छ ।

बैठकले १२ औ क्षेत्रीय सम्मलेन पूर्णरुपमा सफल बनाउनको सम्पूर्ण इटालीबासि नेपाली दाजुभाई दिदि बहिनि , नेपाली समाज संघ संस्था, सबैमा हार्दिक अपिल गरेको छ।

येसैगरि बैठकले यहि आउदो ०५/०५/२०१९ मा प्रथम र दोर्सो बिस्व युद्दमा ज्यान गुमाउने बिर नेपालीहरुको सम्झनामा इटालीको आरेच्छोमा रहेको समाधि स्थल (चिमितेरो ) मा बिसेष श्रदान्जली शभाको आयोजना गर्ने निर्णय गरेको छ । गत वर्ष बाट शुरुभएको एनआरएनए इन्टरसिटी फूटबल प्रतियोगिताको दोर्स्रो संस्करण 2nd इन्टरसिटी फूटबल् इटालीको मिलान शहरमा यहि आउदो जुन १ र २ तारिक २०१९मा भव्यताका साथ् सम्पन्न गर्ने निर्णय गरेको छ। बैठक ले IMS (INFORMATION MANAGEMENT SYSTEM ) अनुसार पंजीकृत सदस्यताको लागि ०१/०५/२०१९ देखि ३१/०७/२०१९ आबेदन खुला गर्ने निर्णय गरेको छ!

बैठकमा रोम स्थित नेपाली कन्सोलर पाओलो नुगारीज्युको पनि उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here