तमू समाज बेल्जियमको दशौँ अधिवेशन मार्च २४ मा हुने

इन्दिरा चाम्लिंग , बेल्जियम ।

“प्ये म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ छ््या म्हमु, छ््या म्हस्याँ म्हि म्हमु” शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउछ, परम्परा हराए मान्छेको अस्थित्व हराउछ ” “प्रवाशमा भाषा,संस्कृति,अस्थित्व,पहिचान र एकताको लागि सहकार्य तथा सद््भावमा हाम्रो सहभागिता” भन्ने मूल नारा सहित तमू समाज बेल्जियमको ऐतिहासीक दशौँ अधिवेशन आगामी २४ मार्च २०१९ बेल्जियमको प्रसिद्ध शहर ल्युभेनमा हुने भएको छ । सन २००० सालमा स्थापना भएको तमू समाज बेल्जियमको नेपाली डायस्पोराको सबै भन्दा पुरानो र गरिमामय ईतिहास बोकेको सामाजिक संस्था हो । तमू समाज बेल्जियमले स्थापनाकाल देखी भाषा, संस्कृति तथा परम्पराहरुको संरक्षण, सम्वर्धन र विकासका लागि प्रवाश देखी घरदेस सम्म ठूलो योगदान दिदै आएको छ भने अपसी एकता, समाजिक सदभाव र सामुहिक सहभागिता र सहअस्थित्वका लागि सधै अग्र पंक्तिमा रहेर खेलेको महत्वपूर्ण भूमिकाका बारेमा बेल्जियमबासी नेपालीहरु खुलेर प्रशंसा गर्छन । बेल्जियमको नेपाली डायस्पोरामा अभिवाकत्व संस्थाको रुपमा परिचित तमू समाज बेल्जियमको यस दशौँ अधिवेशनलाई निक्कै महत्वका साथ हेरिएको छ । बेल्जियममा बसोबास गर्ने सम्पूर्ण तमूहरुको छाता संस्था तमू समाज, बेल्जियमको नवौँ अधिवेशनबाट फरक मत राखेर अर्को संस्था तमू धिँ, बेल्जियम खोलिएको छ । उक्त अधिवेशनलाई सम्वोधन गर्नकालागि तमू छोँज धिँ गुरुङ्ग राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ्ग नेपालबाट आउने कार्यक्रम रहेको छ भने यूरोपका बेलायत, पोर्चुगल, हल्याण्ड, फ्रान्स,स्पेन, नर्वे, जर्मनी लगाएत देसमा रहेका तमू समाजका प्रतिनिधिहरुको पनि सहभागिता रहने कुरा तमू समाज, बेल्जियमका अध्यक्ष जीवन गुरुङ्गले जानकारी दिएका छन्। दशौँ अधिवेशनले समाजमा रहेको सामान्य मतभेद सदभाव र एकता कायम गर्ने आशा गरेको छ ।

अधिबेशन हुने हलको ठेगाना :- Jozef pierrestraat 60 leuven Kessel- lo – 3010

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here