नया सिस्टम प्रयोग गरि एन आर एन ए को सदस्यता कसरि लिने ?

प्रकाश सापकोटा फ़्रान्स, गैर आवासीय नेपाली संघले कुनैपनि राष्ट्रिय समन्वय परिषदमा सदस्यता लिन चाहने जो कोहिलेपनि अब संघले निर्माण गरेको केन्द्रिय सिस्टमबाट मात्र सदस्य बन्न पाउने व्यवस्था गरेको छ। अन्यथा अरु प्रक्रिया बाट बनाइने सदस्यहरुलाई मान्यता दिइने छैन। केन्द्रिय सिस्टमबाट सदस्यता लिने वा रिन्यु गर्नेहरुमात्र पंजीकृत हुनेछन र एनसीसी/आइसीसी को निर्वाचनमा मत दिन पाउने छन।

बन्दै गरेको सीस्टममा सदस्य बन्दा एनसीसीको साइट होस या केन्द्रिय साइटबाट होस् केन्द्रिय सिस्टमको एउटै विन्डो प्रयोग गरिन्छ। त्यसमा आफ्नो व्यक्तिगत जानकारीहरु (नाम थर, इमेल, फोन नम्बर, फोटो, जन्ममिति लगाएत सम्बन्धित देशको आइडी कार्ड, सम्भवत नेपाली पास्स्पोर्ट को कपि आदी) बुझाउनुपर्ने हुन्छ। यो अबधारणा भिजन २०२० एण्ड बियोण्डको अवधारण अनुरुप तयार पारिएको एमआइएस सीस्टम हो।

यसबाट सदस्यतामा हुने विवाद कम हुने, भइहाले पनि छनविन एनसीसी अथवा सम्बन्धित देशको निर्वाचन समितिले र जटिल अवस्थामा केन्द्रबाट सजिलो तरिकाले गर्न सकिने हुन्छ। यसका साथै सबै एनसीसीहरुको निर्वाचन केन्द्रिय निर्याचन आयोगबाट मनिटरिङ, निर्देशन र ब्यबस्था हुनेछ।

कसरि फारम भर्ने ?

एनआरएनए को सदस्यता लिन चाहाने सबैले अनलाइनमानै फारम भर्नुपर्ने हुन्छ, कार्यसमितिले सदस्यता भर्नको लागि सूचना निकाल्ने र सदस्यता लिने तरिका स्पष्ट रुपले जानकारी दिनुपर्ने हुन्छ। तर पहिला जस्तो कागजीरुपमा सदस्यता बनाउन पाउदैन/मिल्दैन।

पहिलो चरणमा आफ्नो व्यक्तिगत जानकारीहरु राख्नुपर्ने हुन्छ, दोस्रो चरण प्रवेश गर्नु भन्दा अगाडी आफ्नो मोबाइलमा वा इमेलमा आएको कोड राखेर त्यसलाई भ्यालिड गर्नुपर्ने हुन्छ, त्यसपछि व्यक्तिगत जानकारीहरुलाई प्रमाणित गर्ने कागजपत्र हरु स्क्यान गरेर वा फोटो बाट राख्नु पर्ने हुन्छ, तेस्रो तथा अन्तिम चरणमा राष्ट्रिय समन्वय परिषदले राखेको सदस्यता शुल्क तिर्नु पर्ने हुन्छ, त्यसपछि एसएमएस वा इमेल बाट सदस्यता प्राप्त भयो भन्ने जानकारी आउछ ।  

सदस्यता शुल्क बैंक कार्डबाट, पेपलबाट, चेक वा नगद बाट समेत बुझाउन सकिनेछ त्यसको व्यवस्था राष्ट्रिय समन्वय परिषद आफैले गर्ने छ, शुल्क बुझाइएपछि मात्र सदस्यता प्रमाणीकरणको चरणमा प्रवेस गर्छ।  

सदस्यता प्रमाणित कोस्ले गर्छ ?

राष्ट्रिय समन्वय परिषदको कार्यसमितिले प्रारम्भिकरुपमा प्राप्त सदस्यता ठिक भएको नभएको प्रमाणित गर्न मिल्नेछ, सदस्यले भरेको व्यक्तिगत जानकारी, फोटो, आवस्यक कागजपत्र ठिक भएको अवस्थामा सदस्यता भ्यालिड हुनेछ, र सम्बन्धित सदस्यले सदस्यता प्रमाणित भएको कन्फरमेसन सदस्यता नम्बर सहित एसएमएस वा इमेल बाट प्राप्त गर्ने छन् ।  

कार्यसमिति बाहेक राष्ट्रिय समन्वय परिषदको निर्वाचन आयोगले पनि सदस्यता प्रमाणित गर्ने नगर्ने निर्णय लिन सक्नेछ।  

सदस्यता कार्ड कहिले आउछ ?

सदस्यता प्रमाणित भएको केहि दिनमा नै सदस्यता कार्ड बन्ने व्यवस्था हुनेछ, निर्वाचन अगाडी नै सबै सदस्यको कार्ड प्रिन्ट भइ सदस्यको हातमा पर्न सक्नेछ।  

कुनै देशले यो सिस्टम बहिस्कार गरेका छन् ? बहिस्कार गर्न मिल्छ?

मिल्दैन, एन सी सी अमेरिकाले फेब्रुअरी भित्र सदस्य बनाइसक्नुपर्ने भएकोले आफनै सिस्टम प्रयोग गरेको छ। एनसीसी युकेले पत्रकार सम्मेलन गरि नया सिस्टम बनाएको र त्यसैलाई प्रयोग गर्ने भनिए पनि कुनै न कुनै दिन केन्द्रिए सिस्टममा जानुपर्ने हुन्छ।  बाँकी प्राय एनसिसिहरुले अहिले सम्म सदस्याता वितरण गर्न सुरु गरेका छैनन।

सदस्य संख्यामा घटबढ होला ?

नया अनलाइन सिस्टम आउदा सदस्य संख्यामा घटबढ स्वाभाविक रुपमा हुनेछ। कयौं नेपालीहरु अनलाइन बाट सदस्य बन्दा आफना व्यक्तिगत कागजपत्र बुझाउनु पर्ने भएर पनि तर्किनेछन र कति सिस्टम प्रयोग गर्न नजानेर सदस्यता लिने छैनन, तर कुनै न कुनै दिन अनलाइन प्रक्रियालाइ सबैले स्वाभाविक रुपले लिनेछन र सदस्य बन्नेछन्।  

बिस्तारै भोटिंग पनि अनलाइन बाट ?

अनलाइन प्रणालीमा हरेक मेम्बरको आ-आफ्नै अकाउण्ट हुनेछ, उसले आफ्नो अकाउण्ट बाट डाटा परिवर्तन गर्ने, केन्द्रका तथा एन सी सी ले पठाएका मेसेज हरु हेर्ने आदि गर्न सक्नेछ। साथै आनलाइन बटै एन आर एन कार्डको प्रयोग विश्वका कुन कुन ठाउमा गर्न सकिन्छ भनि सुची पनि हेर्न सकिनेछ।  केहि बर्ष भित्रै एन सी सी तथा आइ सी सी को भोटिंग पनि अनलाइन बाट गर्न सकिने हुनसक्छ। त्यसको लागि चुनावका बेलामा अपनाउनु पर्ने प्रक्रिया र सतर्कतामा ध्यान पुर्याउन आवस्यक हुन् सक्छ।

कहिलेबाट सदस्यता लिन सुरु हुन्छ ?

एनआरएन को आइसीसी बैठकमा फेब्रुअरी महिनाबाट सुरु गरिने बताइएको चाडैंनै परीछणको रुपमा आउने र अन्तिम तयारीपछि केहिदिनमा सुरु हुन् सक्ने संकेत एनआरएनले दिएको छ। एन आर एन को काठमाडौँ स्थित आइटी टिम छिटो भन्दा छिटो एमआइएस सिस्टमलाइ सुरुवातमा ल्याउन दिनरात खटिएको छ।  

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here