रवि लामिछाने र निकिता पौडेलले गरे कोर्ट म्यारिज

सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेलले कानुनी विवाह गरेका छन् । केही समयदेखि प्रेममा रहेका चर्चा चलिरहेकै बेला रवि र निकिताले सोमबार दिउँसो काठमाडौं जिल्ला अदालतमा कानुनी रुपमा विवाह गरेका हुन् ।

रविले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो विवाहबारे जानकारी दिएका हुन् । पूर्वपत्नी ईशा लामिछानेसँग गत महिना २५ वर्ष लामो वैवाहिक सम्बन्ध तोडेका रविले एक अर्काको परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा विवाह गरेको बताएका छन् ।

‘व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेलजी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला आदालतमा विवाहा दर्ता गरेका छौँ’ रविले फेसबुकमा लेखेका छन्, ‘यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबैप्रति जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबिन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो । हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौँ, आशीर्वाद ।’

रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।

उनले परम्परागत रुपमा हामी आउँदो बैशाखमा विवाह गर्ने बताएका छन् । यो विवाह आफूहरुको व्यक्तिगत जीवन भएको र यसबाट आफूहरु दुवै जना खुसी रहेको उनले प्रस्ट पारेका छन् ।

‘यो हाम्रो नितान्त व्यक्तिगत जीवन हो । कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौँ भने हामीलाई माफ गर्नु होलाु, उनले लेखेका छन्, ‘हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ । हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ । र हामी सबैबाट हाम्रो सुखद् दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौँ ।’

त्यस्तै, निकिता पनि ७ वर्ष पहिले नै पतिसँग डिभोर्स गरेर बसेकी थिइन् । उनीहरुको सम्बन्धलाई लिएर केही समयअघि ईशाले विभिन्न मिडियामा बयान दिएकी थिइन्। तर, दुवैले आफूहरुबीचके पे्रम सम्बन्ध नरहेको र साथी मात्रै भएको प्रतिक्रिया दिँदै आएका थिए।

रविले फेसबुकमा दुईको तस्बिर अपलोड गर्दै विवाह बन्धनमा बाँधिएको बताएपछि सबै आश्चर्यमा परेका छन्।

रबि लामिछानेको फेसबुक बाट :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here