Site icon ParisNepal.com – Nepali News From France

सभामुख महराले दिए “सभामुख” पदबाट राजीनामा

एकजना महिलाको डेरामा पुगेर यौनदुर्व्यहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।केहि समय अगाडी मात्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्याउन आग्रह गरेको थियो ।

राजीनामा पत्रमा उनले कुन पदबाट राजीनामा दिएको भन्ने खुलेको छैन सभामुखको लेटर प्याड भएकाले सभामुखबाट राजीनामा दिएको स्वत: बुझिन्छ। तर सांसदबाट भने उनले राजीनामा दिएका छैनन्। पत्रमा सांसदबाट राजीनामा दिएको कहिँकतै उल्लेख छैन।

Exit mobile version