Site icon ParisNepal.com – Nepali News From France

एनआरएनए फ्रान्सले बालबालिकाहरुको लागि नेपाली भाषा कक्षा संचालन गर्ने

  गैर आवसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउनका लागि फ्रान्समा नेपाली पाठशाला वा नेपाली स्कुल संचालन गर्ने भएको छ।  प्रारम्भिकरुपमा २० देखि ३० जना सम्म बालबालिकालाइ पढाउन सकिने गरि कक्षाकोठा तयार गरिएको संस्थाका अध्यक्ष एक बहादुर मल्लले जानकारी दिनुभएको छ शनिवार र आइतबार गरि ग्रुप बनाएर बालबालिकाहरुलाइ पढाउने संस्थाले जनाएको छ ला कोर्नाव स्थित संस्थाकि महिला प्रतिनिधि पार्वती मल्लको घर अगाडी कक्षाकोठा तयार गरिएको हो

ला कोर्नव र ओवरभिलिए छेत्रमा नेपालीहरुको जनसंख्या तुलनात्मक रुपमा बढी भएकोले पनि  बालबालिकाहरुको लागि उपयुक्त हुन सक्ने देखिन्छ।

संस्थाले भविस्यमा महिला कोष जस्तै बालबालिका कोष स्थापना गरि “नेपाली पाठशाला” लाइ ब्यबस्थित गर्ने योजना बनाएको सूचनामा उल्लेख गरिएको छ।

पूर्ण सूचना

 

फ्रान्सवासी सम्पूर्ण नेपाली दाजुभाइ दिदिबैनीहरु,

गैर आवसिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद फ्रान्सले बिदेशमा नै जन्मेर वा यतै हुर्केका एनआरएन दोस्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउनका लागि फ्रान्समा “नेपाली पाठशाला” वा नेपाली स्कुल संचालन गर्न गैरहेको जानकारी गराउदछौं। अहिले प्रारम्भिकरुपमा २० देखि २५ जना सम्म बालबालिकालाइ पढाउन सकिने गरी अध्यक्ष एक बहादुर मल्लज्युको अग्रसरतामा कक्षाकोठा तयार गरिएको छ।  नेपाली भाषा पठनपाठन कार्यलाई भविस्यमा अझै प्रभावकारी गर्दै धेरै बालबालिकाहरुलाई पढाउने संस्थाको उदेस्य रहेको छ।

विदेशमा रहेका दोस्रो तेस्रो पुस्ताले पनि नेपाली भाषा र संस्कृतिलाइ जोगाएर राख्नु भनेको हामि सबै नेपालीको धन र गौरवको बिषय हो। हाम्रा पुर्खादेखिको सभ्यतालाइ निरन्तरता दिदै उनीहरुलाइ हामीले दिने सम्मान पनि हो। त्यसैले फ्रान्सवासी सम्पूर्ण नेपालीहरुलाइ यो अभियानमा हामीलाई सहयोग र साथ दिनुहुन हार्दिक अनुरोध गर्दछौं।

कृपया लाकोर्नव वा ओवरभिलिए नजिकै बसोबास गर्नुहुने तथा अन्य ठाउँबाट पनि बालबालिका ल्याउन/आउन सक्ने सबै अभिवावकहरुले सम्पर्क गर्नुहोला। हरेक शनिवार वा आइतबार बिहान ९ देखि १२ बजे सम्म वा २ बजेदेखि ५ बजेसम्म ३ घण्टा नेपाली शिक्षक शिक्षिकाहरुले बालबालिकाहरुलाइ पढाउनु हुने छ। अभिवावकहरुसंग परामर्श गरि समय निर्धारण गरिनेछ।

वालवालिकाहरुको लागि आवस्यक पर्ने शैक्षिक सामग्री हामीले बन्दोबस्त गर्ने छौं। इच्छुक महानुभावहरुले आर्थिक सहयोग वा सल्लाह दिनु भएमा आभारी हुने थियौं । साथै भविस्यमा बालबालिका कोष स्थापना गरि त्यसैमार्फत पाठशाला संचालन गर्ने छौं। शिक्षक शिक्षिकाहरको रुपमा यस कार्यमा स्वैच्छिक सहयोग गर्न इच्छुक शलु श्रेष्ठज्यु, हरि सापकोटाज्यु, गीता खनालज्यु र निलमज्यु लाइ अग्रिम धन्यवाद।

स्थान : 29 Rue Molière 93120 La Courneuve

समय: शनिवार वा आइतबार अभिवावकहरुको समय अनुसार

सम्पर्क

एकेन्द्र मल्ल: 06.51.90.85.73

प्रविन सापकोटा: 07.82.63.38.42

पार्वती मल्ल : 06 95 51 92 20

नरेन्द्र शाही ठकुरी :06.20.42.98.00

 

प्रकाश सापकोटा

प्रवक्ता

एनआरएनए फ्रान्स परिवार

Exit mobile version