बेल्जियममा आप्रवासीका लागि काम गर्ने अनुमति आवेदन खुल्दै

– डिल्लीराम अम्माई

तेस्रो देशका नागरिक, जो बेल्जियममा ९० दिन वा सो भन्दा बढी काम गर्न चाहन्छन, तिनले तोकिएको क्षेत्रमा काम दिने कम्पनी वा साहुमार्फत आवेदन दिन सक्ने छन्। आज (२०१९ को जनवरी ३) बाट लागु हुने गरी जारी गरिएको सुचना अनुसार त्यस्ता आप्रवासीहरुले बेल्जियममा बस्ने अस्थाई अनुमतिका साथै काम गर्ने अनुमति पनि प्राप्त गर्नेछन् ।

बेल्जियमको सरकारी वेबसाइडमा दिइएको सुचनाअनुसार २०१९ को जनवरी ३ बाट आवदन संकलन गरिने छ।

यदि सम्बन्धित क्षेत्रबाट कार्य अनुमति र बसोबासको निश्चितता भयो भने युरोप बाहेकका देशका आप्रवासीले समेत ९० दिनभन्दा बढी बस्ने तथा काम गर्ने अनुमतिपत्र प्राप्त गर्न सक्ने छन्।

बेल्जियम श्रम मन्त्रालयद्वारा जारी सबै निवास अनुमतिहरूमा श्रम बजारसम्बन्धी यो नीति आजैबाट (३ जनवरी २०१९) बाट लागु हुनेछ ।

यसमा तीन दायरा तोकिएको छ-

१) श्रम बजार – सीमित
२) श्रम बजार – असीमित
३) श्रम बजार – छैन

आप्रवासन विभाग र क्षेत्रहरूले संयुक्त रूपमा निवेदनहरुको छानबिन गर्दै निर्णयमा पुर्याउने जनाइएको छ। जसमा आप्रवास कार्यालयले निवेदन संकलन गर्नेछ भने क्षेत्रिय कार्यालयले काम गर्ने अनुमतिको निर्णय दिने छ।

आवेदकहरुले कामको अनुमतिपत्र ‘बी’को लागि निम्नानुशार आवेदन दिन सक्ने छन् ।

क) ९० दिनभन्दा कम काम गरेकाहरु वा बेल्जियम आएर ९० दिनभन्दा कम काम गरेकाहरु
ख) अनुसन्धानको लागि आएका अतिथिहरु
ग) उच्च क्षमता भएकाहरु जसले युरोपियन ब्लु कार्डको लागि अनुमति लिन आवेदन दिन सक्छन्
घ) बहुराष्ट्रिय कम्पनीमार्फत कामदार सरुवा भएकाहरु (Directive 2014/66 / EU of 15.05.2014)
ङ) मौसमी कामदारहरु
च) केवल फ्लामिस क्षेत्रमा आएका प्रशिक्षकहरु

जम्मा गर्नु पर्ने आवश्यक कागजातहरू

१. म्यादी पासपोर्टको फोटोकपी
२. रोजगारदाताद्वारा काम कन्ट्याक्ट दिनेछु भन्ने प्रतिज्ञापत्र र रोजगारदाताको भ्याट नम्बर (BTW)
४. आवेदन बापत बुझाएको ३५० युरोको प्रमाण
५. अपराध नगरेको प्रहरी प्रमाणपत्र
६. मेडिकल प्रमाणपत्र
७. स्वास्थ्य बीमा प्रमाण
८. भएमा ट्राभल प्रमाण

यदि फाइल पूर्ण छैन भने, सम्बन्धित क्षेत्रले तेस्रो(देशको आवेदकलाई पुन ज्ञछ दिनको अवधि प्रदान गर्ने छ । यदि फाइल पूर्ण भयो भने सम्बन्धित कार्यालयद्वारा सम्बन्धित आवेदकलाई जानकारी दिने छ। ज्ञात रहोस यो कुनै प्रकारको रेगुलाइजेसन वा गैह्रकानुनीआप्रवाशिलाई कानुन सम्मत बनाउने प्रक्रिया अन्तर्गत नभएर कामदार आपूर्ति कानुन अन्तर्गत खुलाइएको आबेदन हो।

आवेदन दिन थप जानकारीको लागि यो पेज लाइक गर्नु होला 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here