Site icon ParisNepal.com – Nepali News From France

निर्मला पन्त हत्याकाण्ड बिरुद्द पेरिसमा फ्रान्सवासी नेपालीहरुको प्रदर्शन

कन्चनपुरकी १३ वर्षिय वालिका निर्मला पन्त र माया विक लगायतका महिलाहरुमाथि भएको हत्या, हिंसा र बलात्कारका घटना बिरुद्द पेरिसमा स्वतफुर्त रुपमा नेपालीहरु भेला भइ JUSTICE FOR NIRMALA AND MAYA भन्ने नाराका साथ प्रदर्शन गरेका छन ।

यहि आइतबार २३ सेप्टेम्बरको दिन पानि र हुरीको पर्वाह नगरी नेपालीहरु पेरिस स्थित Stalingrad भन्ने ठाउँमा जम्मा भइ अपराधिलाइ छिटो भन्दा छिटो कारवाही गर्न र महिला हिंसा बिरुद्द सहि कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सक्रिय र सचेत सामाजिक ब्यक्तित्वहरूको पहलबाट आयोजना गरिएको कार्यक्रममा कालो पोशाक लगाएर जम्मा भएका सहभागीहरुले सामुहिक रुपमा मैनबत्ती जलाउदै महिलाहरुमाथि भइरहेको हिँसा हत्या र बलात्कार जस्ता जघन्य अपराधका बारेमा कविता लेख माध्यममार्फत रचनात्मक तथा सृजनात्मक बिरोधका कार्यक्रम गरेका थिए ।

नको हत्या भएको २ महिना बित्न लाग्दा पनि अपराधिहरु पक्राउ पर्न नसकेको र प्रहरी प्रशासनले नै घटनाका प्रमाण हरु ढाकछोप गरेको भन्दै देश तथा विदेशमा निर्मलाको न्यायका लागि स्वतस्फूर्त रुपमा आवाजहरु उठिरहेका छन् ।

 

फोटो : निर्मल अर्याल र मिलि कोइराला ज्युहरुको फेसबुक बाट 

Exit mobile version