Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा कोभिड खोप लगाउनेको संख्या १ करोड नाग्यो, अब ५५ बर्ष माथिका लाइ दिइने

फ्रान्समा यहि १२ अप्रिल बाट ५५ उमेर बर्षमाथिका सम्पूर्ण नागरिकलाइ खोप दिन थालिने भएको छ। फ्रान्सका स्वास्थ्य मन्त्री ओलिभिए भेरंले ५५ उमेर माथिका लाई अस्ट्राजेनीका र जोन्सोन एण्ड जोन्सोन र ६० बर्ष उमेर माथिकालाइ फाइजर बायोटेक र मोडेर्ना खोप दिने निर्णय भएको बताए।

फ्रान्समा हालसम्म १ करोड भन्दा बढी नागरिकलाइ खोप दिई सकिएको छ, जुन कुल जनसख्याको १६ प्रतिशत हुन आउछ। हाल सम्म ७५ बर्ष माथिका ६५ प्रतिशत र ६० देखि ७५ बर्ष सम्मका ४० प्रतिशत भन्दा बढीले खोप लगाई सकेका छन। प्रतिशतको आधारमा नागरिकलाइ खोप दिने देशहरुमा फ्रान्स १० औं स्थानमा रहेको छ ।

फ्रान्समा कोभिडको कारण मृत्यु हुनेको संख्या १ लाखको हाराहारीमा पुगेको छ। यस भाइरसको कारण दैनिक करिब ३४० जनाको ज्यान जाने गरेको छ भने करिब ६ हजारको सघन उपचार कक्षमा उपचार भैरहेको छ। फ्रान्समा अप्रिल पहिलो साताबाट सुरु भएको तेस्रो लकडाउन अझै जारी छ।

Exit mobile version