Site icon ParisNepal.com – Nepali News From France

लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद बाट पारित

सोमबारको मन्त्रिपरिषद्‍ बैठकले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेको छ ।

नापी विभागले यसअघि नेपालको भूभाग लिम्पियाधुरा, लिपुलेकसहितको भूभाग समेटेर तयार पारेको नक्सालाइ भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदको बैठकमा पेस गरेकी थिइन् । बैठकमा उपस्थित एक मन्त्रीले त्यस बारे जानकारी दिदै भने ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा आज पारित भएको छ।’  भारतले नेपालको भूमि आफ्नो नक्सामा पारेपछि र हालै नेपाली भूभाग हुदैं भारत-चीन जोड्ने सडक उद्वघाटन गरेपछी नेपालमा त्यसको तीव्र विरोध भएको थियो ।

यसै साता सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो। 

यो संगै कालापानी विवाद सुरु भए यता इतिहासमै पहिलो पटक लिम्पियाधुरा सम्मको भूभाग नेपालको नक्सामा समावेश गरिने भएको छ।

Exit mobile version