Site icon ParisNepal.com – Nepali News From France

फ्रान्सको लकडाउन अझै १ महिना सम्म कायम रहने : राष्ट्रपति एमानुएल माक्रों

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सोमवार साझँ देशवासीका नाममा सम्बोधन गर्दै फ्रान्समा झन्डै १ महिना देखि लागु गरिएको लकडाउन अझै करिब १ महिना सम्म (११ मे सम्म) कायम राख्ने घोषणा गरेका छन।

साझँ ८ बजे स्वास्थ्यकर्मीहरुको सम्मानमा ताली बजाउने कार्यक्रम पछि सुरु भएको राष्ट्रपतिको सम्बोधनको सुरुवातमै उनले सानो अपार्टमेन्टमा दु:ख गरेर बस्नेहरुलाइ धन्यवाद दिए। त्यसपछि उनले स्वास्थ्यकर्मीहरु देखि सवै पेशाका कामदारहरुलाइ धन्यवाद दिदै राज्यले सबैको जिम्मेवारी लिने बताए।

राष्ट्रपति माक्रोंले सोमवार बताएका केहि महत्वपूर्ण कुराहरु बुदाँगत रुपमा :

फ्रान्समा सोमवार साझँ सम्म १४ हजार ९ सय ६७ जनाको कोरोना भाइरस संक्रमणको कारणले मृत्यु भएको छ। करिब १ लाख ४० हजार कुल संक्रमित मध्य करिब ७ हजारको अवस्था जटिल छ त्यस्तै करिब २८ हजारलाइ निको भएको छ। करिब १ महिना देखिको लकडाउन केहि हद सम्म प्रभावकारी देखिएको छ । प्रतिदिन संक्रमितको संख्या उल्लेख्यरुपमा घटेको छ। फ्रान्सभन्दा अगाडी लकडाउन गरिएका देश इटाली र स्पेनमा पनि सो अवधि अझै थपिएको थियो। गत साता विश्व स्वास्थ्य संगठनले सबै प्रभावित देशहरुलाइ हतारमा लकडाउन नखोल्न आव्हान समेत गरेको थियो।

 

Exit mobile version