Site icon ParisNepal.com – Nepali News From France

जर्मनीका नेपालीहरुले गरे भारतीय दुतावास अगाडी विरोध प्रदर्शन, एनआरएन केन्द्रिय अध्यक्ष पन्त सहभागी

प्रकाश सापकोटा, १९ नोभेम्बर २०१९
भारतले जारी गरेको नयाँ नक्सामा नेपालको भूमि परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीले पनि सो नक्साप्रति आपत्ति जनाउँदै विरोधमा उत्रिएको छ । नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले आफ्नो भूभागमा समेटेपछि नेपाल सरकारले त्यसको बिरोध गर्न रास्ट्रिय सहमति जुटाएको थियो, लगत्तै एनआरएनएले विश्वभरमा रहेका एनसीसीहरुलाई भारतीय दूतावासमा गएर बिरोध गर्न निर्देशन गरेको थियो ।

आईसीसीको निर्देशनअनुसार एनसीसीको आयोजनामा मंगलबार जर्मनीस्थित भारतीय दूतावासको एक कार्यालय अगाडी गरिएको विरोध प्रदर्शनमा केन्द्रिय अध्यक्ष कुमार पन्त समेत उपस्थित थिए। अध्यक्ष पन्तले भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका नेपाली आन्दोलित भएको भन्दै त्यसै कार्यक्रम अनुसार आज जर्मनीको फ्र्यांकफर्टमा गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघसंगठनले एकसाथ प्रदर्शन गरेको बताएका छन ।

सहभागीहरुले नेपालको सीमामाथि भारतीय हस्तक्षेप सह्य नभएको भन्दै मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा विदेशस्थित गैरआवासीय नेपाली समुदाय एकसाथ उभिनु पर्ने बताएका थिए।

हिजोनै बेल्जियमका नेपालीहरुले ब्रुस्सेल्स स्थित दुतावास अगाडी बिरोध प्रदर्शन गरेका थिए।

Exit mobile version