Site icon ParisNepal.com – Nepali News From France

फ्रान्समा हिमाल चडन गएका प्रधानमन्त्री ओली सहितको टोली खराब मौसमका कारण घन्टौबेर हिमालमै

फ्रान्सको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले आज फ्रान्स को दक्षिण पूर्वमा रहेको हिमाली क्षेत्रमा अवस्थित शमोनीको भ्रमण गर्ने क्रममा हिमाल चडन जादाँ मौसम खराबीका कारण १ भन्दा बडी हिमालमै बिताउनु परेको छ।

शमोनी बाट प्रकाशित हुने पत्रिकाका अनुसार प्रधानमन्त्री र भ्रमण दलका सदस्यहरु केवलकारमा चढेर २५०० मिटर भन्दा माथि पुगिसकेपछी एक्कासी आएको हुरी र हिउँ उडाउने तुफानले केवलकार चलाउन प्रतिकुल अवस्था शृजना गरेपछी उनीहरुले हिमालमा नै प्रतिक्षा गर्नु परेको थियो।

प्रधानमन्त्री, पररास्ट्रमन्त्री, अन्य उच्चस्तरीय सरकारी कर्मचारी र सद्भावना दुत शृंखला खतिवडा संग त्यहाँका मेयर एरिक फुर्निए, संसद, सुरक्षा अधिकृत प्रमुख र सुरक्षाकर्मीहरु आदि रहेका थिए।

मौसममा सुधार आएपछि उनीहरु सुरक्षित तरिकाले फर्किन सफल भएका थिए।

 

Exit mobile version