गैर अबासिय नेपाली संघ राष्ट्रिय समन्बय परिषद जर्मनी र एलसिसि एनआरडब्लु को संयुक्त आयोजनामा यही १३ अप्रिल शनिबार का दिन नेपाली नयाँं बर्ष २०७६ को शुभ अबसरमा जर्मनी को मुन्स्टर शहरमा एक सांगीतिक साँझ हुने भएको छ। नेपालबाट आएका ख्यती प्राप्त कलाकार अनिल शाहि को साथमा स्थानीय कलाकारहरुको प्रस्तुती रहने उक्त्त कार्यक्रमको तयारि तीव्र गतिमा अगाडी बढिरहेको एनआरएनए जर्मनीका प्रवक्ता संकर डंगीले पेरिसनेपाललाइ जानकारी दिनु भएको छ। बेलुका ९ बजे देखि Muenster सहर स्थित हलमा कन्सर्ट सुरु हुने छ।
कार्यक्रममा सहभागी हुन जर्मनी भरि छरिएरका सम्पूर्ण गैर आवासिय नेपालीहरुलाई एक सूचना मार्फत उपस्थित को लागि संस्थाले अनुरोध र निमन्त्रणा गरेको छ।