संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ र त्यसबारे थप जानकारी आउदै छ। ताप्लेजुङ जाँदै गरेको एयर डाइनाइनास्टी हेलिकप्टर बुधबार दिउँसो सम्पर्कविहीन भएको हो।
तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।
एयर डाइनास्टीको उक्त हेलिकप्टरमा मन्त्री अधिकारीसहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ र मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे थिए ।
१०:४५ ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रु ७ जनाकै निधन भएको प्रहरीले पुष्टि गरेको छ ।
१०: ३५ र्घटनामा मन्त्रीको निधन भएको सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले पुष्टि गरे ।
१०:२५ ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।
१०:१५ दुर्घटनामा परि सबैजनाको निधन भएको दुखद खबर आएको छ
१०:१२ स्थानीय : “हेर्दा आगो लागेको देखियो । भीर भएकाले मानिसहरु पुग्न अप्ठ्यारो छ । अहिले पनि धुँवा आइरहेको छ ।”
१० : १० एक जना को डढेको शरीर भेटिएको अपुष्ट जानकारी आएको छ
१०: ५ प्रधानमन्त्री का स्वकीय सचिव पनि हेलिकप्टरमा थिए
१०:०० मन्त्रिपरिषदको आकास्मिक बैठक बस्दै
९:३० हेलिकप्टर मामन्त्री रवीन्द्र अधिकारी सहित ६ जना सवार
तस्विर र भिडियो स्रोत AP1 HD TV
हेर्नुस लाइभ टिभी