Site icon ParisNepal.com – Nepali News From France

पल र आँचलको मायामा….सुरेश वाग्लेको भ्यालेनटाइन गीत

[avatar user=”laxman” size=”thumbnail” align=”left” link=”file” target=”_blank”]लक्ष्मन गगन,[/avatar] नेपाली संगीतको क्षेत्रमा बिगत केहि  बर्षदेखि  गजलको लोकप्रियता बढ्दै गएको छ । यसै सन्धर्वमा  युवा गजलकार  एबं गीतकार सुरेश वाग्ले, गत बर्षको सुरुमा ‘तिमी साथ भएपछि’ नामक गजल एल्बम निकालेर चर्चामा आएका थिए । यस  एल्बममा प्रथम नेपाल आइड्ल  बुद्ध लामाले गाएको ‘तिमी साथ भएपछि भगवान पनि चाहिदैन ‘ भन्ने गजलले यसपालीको रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्डको नब गायक बिधा जित्न सफल पनि भएको थियो । संयुक्त राज्य अमेरिकाको बोस्टनमा बसोबास गर्दे आइरहेका वाग्ले, बिषेश गरेर गजल बिधामा परिचित भए पनि प्रणय दिबस या भ्यालेनटाइन डेको  पूर्व सन्ध्यामा एउटा निकै रोमन्टिक युगल गीत ‘ मायांंमा ‘ बजारमा ल्याएका छन।

नब गायक राहुल बिश्वास र गायिका स्नेहश्री थापाको युगल स्वरलाई मेघराज लगुनले संगीत भरेका छन भने  सुरेश वाग्लेले मेघराज लगुनसंगको सह लेखनमा यो गीत तयार परेका हुन । बिकास सुबेदीको निर्देशनमा अत्याधुनिक प्रबिधिको ड्रोन प्रयोग गरेर छायांकन गरिएको ‘तिम्रो मायांमा ‘ भन्ने  उक्त गीतको म्युजिक भिडीयोमा हालका चर्चित मोडल पल शाह र आंचल शर्माले अभिनय गरेका छन ।

 

Exit mobile version