Site icon ParisNepal.com – Nepali News From France

नेपाल लक्जम्बर्ग लोक कल्याणकारी संस्थाको बार्षिक उत्सव समारोह यहि २५ नोभेम्बरमा

सेवा नै धर्महो भन्ने मुख्य नाराका साथ स्थापित नेपाल लक्जम्बर्ग लोक कल्याणकारी संस्थाले आफ्नो पाँचौं बार्षिक उत्सव समारोह यहि २५ नोभेम्बर २०१८ का दिन लक्जम्बर्गमा बिभिन्न संकृतिक कार्यक्रमहरु गर्दै सम्पन्न गर्ने भएको छ । यस पटकको कार्यक्रममा चर्चित नेपाली कलाकारहरु सकुन्तला थापा र आर सी सापकोटाको बेजोड प्रस्तुति रहने र साथमा स्थानीय कलाकारहरुको पनी प्रस्तुति रहने संस्थाले जानकारी दिएको छ ।  

संस्थाले आफ्नो स्थापना कालदेखिनै नेपाली संस्कृति जगेर्ना गर्दै सामाजिक क्षेत्रमा महत्वपूर्ण कामहरु गर्दै आएको छ। बिगतमा संस्थाले  मृगौला सम्वन्धी रोगका कारण उपचार गराइरहेको बिपन्न परिवारका ८ बर्षीय बालक मन्दिप खड्का लाइ सहयोग गर्ने , ८ बर्षका अर्का बालक नविन थापा मगरको मुटु सम्वन्धी रोगको उपचारका लागि आर्थिक सहयोग गर्ने ,नवलपरासीका १६ जना मुशहर बिधार्थीहरुको  को स्कुल पोशाक उपलब्ध गराउने, श्रावण २७ मा आएको वर्षाका कारण पिडित भएकाहरुका लागि दुई लाख सहयोग उपलब्ध गराएको आदि कल्याणकारी कामहरु गर्दै संस्थाले लक्जम्बर्गबासि नेपालीहरुको मन छुन सफल भएको छ।

संस्थाका अध्यक्ष रमाकान्त सापकोटाले लक्जम्बर्गबासी सम्पूर्ण नेपालीहरूलाइ कार्यक्रममा उपस्थित हुन आग्रह गर्नु भएको छ । कार्यक्रमको यहि २५ नोवेम्बेर २०१८ आइतबारका दिन सेन्ट्रल कल्चरल हल लक्जेम्बर्ग गार Namaste Restaurant नजिकै दिउसो १ बजे देखि सुरु हुनेछ । कार्यक्रमको लागि प्रवेश निशुल्क रहने तथा खानपिनको पनी ब्यबस्था हुने आयोजक संस्था नेपाल लक्जम्बर्ग लोक कल्याणकारी संस्थाले सूचना मार्फत जानकारी दिएको छ।  

Exit mobile version