Site icon ParisNepal.com – Nepali News From France

एनआरएनएका मध्यपूर्व संयोजक झण्डै एक महिनादेखि कतार प्रहरीको नियन्त्रणमा

कतार प्रहरीको गिरफ्तारीमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का मध्यपूर्व संयोजक राजेन्द्रकुमार (आरके) शर्मालाई तत्काल रिहा गर्न एनआरएनएले माग गरेको छ। गत अक्टोबर १८ मा शर्मालाइ गिरफ्तारी गरेपछि त्यहाँको सरकारी निकायले अहिलेसम्म कुनै आधिकारिक जानकारी समेत दिएको छैन। गिरफ्तार गरेको तेस्रो दिनमात्र परिवारसँग छोटो संबाद गर्न दिए पनि त्यसपछिको अवस्था र गिरफ्तारीको कारणबारे अझै अस्पष्ट नै रहेको उनको परिवारले जानाएको छ।  गत अक्टोवर ५ मा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतारले आयोजना गरेकोे एक साँस्कृतिक कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको थियो । शर्मा त्यस कार्यक्रमको विशेष अतिथिका रहेको र सोही कारण उनलाई गिरफ्तार गरिएको अनुमान परिवारले गरेका छन् । शर्मासहित उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु रामबाबु बोहरा, रितकुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले त्यस कार्यक्रम पछि नियन्त्रणमा लिएको एन आर एन ले बिज्ञप्ति मार्फत जनाएको छ ।  संघले उनहरुको तत्काल रिहाइको माग गर्दै कतार स्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा उनको अवस्था सार्वजानिक गर्न आग्रह गरेको छ । गिरफ्तारीको कारण अस्पष्टहुदा बिभिन्न संचार माध्यमले  शर्मा विभिन्न आरोपमा जेल परेको आदि इत्यादी कपोलकल्पित समाचार बनाइएकोमा दुख ब्यक्त गर्दै संघले गीरफ्तारीको विषयमा निराधार र कपोलकल्पित समाचार तथा टिका टिप्पणी नगर्न अनुरोध समेत गरेको छ ।

Exit mobile version