Site icon ParisNepal.com – Nepali News From France

गोर्खा समाज फ्रान्सको देउसी भैलो कार्यक्रम सम्पन्न

 

पेरिस फ्रान्स, गोर्खा सामाज फ्रान्सले यहि ११ नोभेम्बर आइतबारका दिन संस्थाका उपाध्यक्ष रामेश्वर श्रेष्ठको घरमा देउसी भैलो कार्यक्रम सम्पन्न गर्यो। गोर्खा समाजले कार्यक्रममा सबै नेपाली संघसंस्था लगायत फ्रान्सवासी नेपालीहरुलाई निमन्त्रणा गरि पहिलो पटक पेरिसमा देउसी भैलो कार्यक्रम सम्पन गरेको हो। तिहार बिशेष बिभिन्न नेपाली खानेकुरा, भैलीनीहरुको देउसिरे  गित र नाचगानका साथ कार्यक्रम भब्य र सफल भएको थियो। गोर्खा सामाज फ्रान्सले संस्थाको आपतकालीन कोषमा आर्थिक संकलन गर्ने उद्देस्यले आयोजना गरेको उक्त कार्यक्रममा लगभग १५१० युरो संकलन गर्न सफल भएको संस्थाकी कोषाध्यक्ष नानु देवकोटाले पेरिनेपाल डटकमलाइ जानकारी दिनुभयो। कार्यक्रममा एन आर एन ए फ्रान्सका संस्थापक अध्यक्ष तथा गोर्खाली सामाज फ्रान्सका अभिभावक हरिहर अर्याल, सल्लाहकार तथा एन आर एन ए फ्रान्सका पुर्व अध्यक्ष निर्मल अर्याल, सल्लाहकार सुक गुरुङ, एन आर एन ए पूर्व उपाध्यक्ष हरि सापकोटा, एन आर एन ए फ्रान्सका पुर्व आइ सी सी सदस्य मिन जी सी, नेपाली सास्कृतिक गृहका अधक्ष्य हेमन्त उपाध्याय, नेपाली एकता समाजकी महासचिब डोल्मा तामांग तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्तिथी रहेको थियो । गोरखाली समाज सास्कृतिक समूहका सुजन बानिया, सुजन राज भट्ट, र रोशनी हमाल बानिया को बेजोड देउसी भैलो तथा सास्कृतिक प्रस्तुतुती रहेको थियो। कार्यक्रम संचालन सस्थाका महासचिब राजेन्द्र बाबु श्रेष्ठले गर्नुभयको थियो। अध्यक्ष सुरेन्द्र काप्रीले उपस्थित सबैलाई हार्दिक धन्यवाद दिदै आउने बर्ष अझै भब्य देउसी कार्यक्रम गर्ने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो।

 

Exit mobile version