Site icon ParisNepal.com – Nepali News From France

प्रज्ञा प्रतिस्ठानको सिस्नुपानी देउसी २०७५ भिडियो सहित

काठमाडौँ । दिपावलीको उपलक्ष्यमा विगत वर्ष झै यसपाली पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरियो। नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्तरूपमा प्रज्ञा भवनमा आयोजित देउसीको अवसरमा सामाजिक विकृति, राजनीति र भ्रष्टाचारविरूद्ध व्यङ्ग्यात्मक ‘प्रज्ञा–सिस्नुपानी देउसी’ प्रस्तुत गरिएको हो।

देउसी हेर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, विभागीय मन्त्रीहरु, पूर्वप्रधानमन्त्रीत्रय माधवकुमार नेपाल, झलनाथ खनाल, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजजीतिक दलका नेता, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए।

भिडियो :

 

Exit mobile version