Site icon ParisNepal.com – Nepali News From France

फ्रेन्च आर्मीका नेपालीहरु द्वारा आयोजित शुभ-दिपावली कार्यक्रम भव्यताका साथ सम्पन्न

यहि ३ नोभेम्बर २०१८ का दिन फ्रेन्च लेजिओं आर्मीमा कार्यरत नेपालीहरुले दक्षिण फ्रान्सको ओरंज (Orange) सहर नजिकै तिहार (शुभ-दिपावली) को अवसरमा एक संस्कृतिक कार्यक्रम सम्पन्न गरेका छन।  

करिब ८० जना नेपालीहरु तथा २४ जना फ्रेन्चहरुको उपस्तिथी रहेको उक्त कार्यक्रममा नेपाली संगीतका साथ नृत्य प्रस्तुति तथा सेलरोटी सहितको नेपाली खानाको व्यवस्था गरिएको थियो।  कार्यक्रममा नेपालमा बिभिन्न सहयोगका कार्यक्रमहरु लैजाने एक फ्रेन्च संस्था “सिएल दु घुन्सा” को तर्फ बाट पनि उपस्तिथी रहेको थियो, संस्थाले गरेका बिभिन्न गतिबिधिहरुको समेत जानकारी गराइएको थियो ।  कार्यक्रमले फ्रेन्च आर्मीमा कार्यरत नेपालीहरु र नेपालमा सहयोग गर्न चाहने फ्रेन्चहरुलाई एकआपसमा परिचय गराउदै नेपाली कला संस्कृतिको संरक्षण गर्दै नेपाली समाजमा एकता, भातृत्व र सदभावलाइ निरन्तरता दिन राम्रो भूमिका पुगेको कार्यक्रम आयोजकले बताउनु भयो । 

फोटो : गणेश श्रेष्ठ

कार्यक्रम संयोजकहरु : गणेश श्रेष्ठ, रमेश महर्जन, राज कुमार महर्जन, बिकाश के. सी, दुर्गा मगर

Exit mobile version