Site icon ParisNepal.com – Nepali News From France

फेसबुक र ट्वीटरमा नेपाली नेताहरुमध्यमा डा. बाबुराम भट्टराइका फलोअर्स धेरै

फेसबुक पछिको ठुलो सामाजिक संजाल ट्वीटर नेपालमा खासै लोकप्रिय बन्न नसकेपनि सूचना प्रवाहमा एकदमै छिटो छरितो रुपमा संचारकर्मी र नेताहरुले लिने गरेका छन। पछिल्लो अध्यान अनुसार ट्वीटर मा नेपाली व्यक्तित्वहरु मध्ये सबै भन्दा धेरै फलोअर्स हुनेमा पुर्वप्रधानमन्त्रि तथा नया शक्ति पार्टीका नेता डा बाबुराम भट्टराइ अरु नेताहरु भन्दा धेरै नै अगाडी छन।  उनको लगभग दस लाख एकचालीस हजार (१०, ४१, ३६४) फलोअर्स छन।  उनीपछि नेपाली कांग्रेसका नेता गगन थापा दोस्रो नम्बरमा छन उनको आठ लाख त्रिचालिस हजार (८, ४३, ७२८) फलोअर्स छन।  उनि लगत्तै बिबेकशिल साझा पार्टीका रबिन्द्र मिश्र तेस्रो नम्बरमा छन उनका आठ लाख बाइस हजार (८, २२, १७४) फलोअर्स छन।  प्रधानमन्त्रि के पी शर्मा ओलीका भने जम्मा तिन लाख छत्तिस हजार मात्र फलोअर्स छन । नेपाली मिडियाहरुमा भने बि बि सी नेपाली सेवा सबै भन्दा अगाडी देखिन्छ, उसको लगभग दश लाख फलोअर्स छन।  

फेसबुकमा भने इ कान्तिपुरका धेरै फ्यान छन, नेपाली नेताहरुमा तेर्ह लाख एकाउन्न हजार (१३, ५१, ९०६) फ्यानका साथ डा भट्टराई नै पहिलो स्थान मा छन ।  प्रधानमन्त्री ओलीका जम्मा तिस हजार मात्र छन् भने पुष्प कमल दाहाल प्रचण्डका दुइ लाख अठार हजार फ्यान छन् गगन थापाका पनि दुइ लाख त्रिसाठ्ठी हजारमात्र फ्यान छन।  सामाजिक संजाललाइ डा बाबुराम भट्टराइले अरु नेताहरुले भन्दा राम्रै तरिकाले प्रयोग गर्ने गरेको देखिन्छ। उनिपछि रबिन्द्र मिश्र र गगन थापाले पनि अपडेटहरु गर्ने गरेको पाइन्छ।  फेसबुकमा धेरै शेर, लाइक र कमेन्ट गरिने पोस्टहरुमा संचारकर्मी रबि लामिछानेले प्रस्तुत गर्ने सिधाकुरा जनता संगका भिडियोहरु छन।

यो तथ्यांक सम्बन्धितहरुको अधिकारिक फेसबुक र ट्वीटर एकाउन्ट (पेज) बाट मात्र लिइएको हो। तथ्यांक ०२ नोभेम्बर २०१८ मा लिइएको हो।  

Exit mobile version