Site icon ParisNepal.com – Nepali News From France

एन आर एन ए फ्रान्सले देउसी भैलो कार्यक्रम गर्ने

हरेक बर्ष जस्तै यस पटक पनि एन आर एन ए फ्रान्सले देउसी भैलो कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम अन्तर्गत यहि ०२ नोवेम्बर शुक्रबार वेलुकी ६:३० बजेबाट नेपाली दुतावास फ्रान्सकी माहामहिम राजदूत अम्वीका देवी मानन्धर लुईटेल ज्यूको निवास बाट कार्यक्रमको सुरुवात गरिने संस्थाले जनाएको छ।  त्यस लगत्तै हरेक शुक्रबार, शनिबार र आइतबार बिभिन्न ठाउहरुमा कार्यक्रम गर्दै तिहारको  भोलिपल्ट १८ नोवेम्बर आइतबारका दिन हलमा भब्य कार्यक्रम गरिने भएको छ। देउसी भैलो कार्यक्रम बाट उठेको रकम आपतकालिन कोषमा जम्मा गर्ने हुनाले इच्छुक महानुभावहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दै एन आर एन ए फ्रान्सका देउसी भैलो कार्यक्रम संयोजकले एक सूचना मार्फत आग्रह गर्नु भएको छ।  

एन आर एन ए फ्रान्सको सूचना :

आदरणीय फ्रान्स बासी दाजुभाई तथा दिदीवहिनीहरु,

सर्वप्रथम बिजया दशमी तथा आउँदै गरेको शुभ दिपावली २०७५ को उपलक्ष्यमा यहाँहरू सबैलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं !

यहाँहरुलाई थाहा भएकै कुरा हो हरेक बर्ष झैं यस पाली पनि हामीले एन आर एन ए फ्रान्सको आपतकालिन कोषमा जम्मा गर्ने गरी तपाईहरूको घरआगनमा देउसीभैलो खेल्न आउँदै छौं , साथै देउसीभैलो हुने दिनहरु यस प्रकार भएको जानकारी गराउदछौ।

देउसीभैली कार्यक्रम तालिका :-

१) यही ०२ नोवेम्बर सुक्रबार वेलुकी ६:३० बजेबाट नेपाली दुतावास पेरिस फ्रान्स का माहामहिम राजदूत श्रीमती अम्वीका देवी मानन्धर लुईटेल ज्यूको निवास ( नेपाल एम्वेसी पेरिस रेसिडेन्ट घर ) बाट शुरू हुंदै छ, उक्त मिति र समय मा ईच्छुक दाजुभाई दिदीवहिनीहरू सबैलाई उपस्थित भै देउसीभैलीमा सहभागीताको लागी निमन्त्रणा गर्दछौं ….
Addrs:- 7 Rue Albéric Magnard
75116 Paris

२) ११ नोवेम्बर आइतबार दिउस २ बजे देखी ५:३० सम्म Indian-Nepali Swad
4 Rue Bargue, 75015, Paris

– 3/4 November:
– 9/10/11 November
– 16/17/18 November

18 November देउसी भैलो को अन्तिम दिन सामुहिक रुपमा समापन गरिने छ।

#नोट :- हामीले देउसीभैलो खेल्ने टोल, स्थानको बारेमा facebook र website मा जानकारी गराउँदै जानेछौं , आँफुलाई नजिक र पाई पर्ने ठाउँमा आफ्नो उपस्थिति जनाई रमाइलो गर्दै देउसीभैलीलाई सहयोग गरिदिनु हुनको लागी सादर अनुरोध गर्दछौं।

**यहाँहरूले व्यक्तिगत रूपमै आफ्नो घरघरमा देउसीभैलो टिमलाई निमन्त्रणा पनि गर्न सक्नुहुनेछ ,हामीले निमन्त्रणा लाई प्राथमिकता दिनेछौं ! त्यसको लागी एन आर एन फ्रान्स का कार्यसमिति पदाधिकारी, सदस्यहरू संग सिघ्र संम्पर्क गर्नुहुन् अनुरोध गर्दछौं ।

संयोजकहरु :-

१/ नरेन्द्र शाही ।
२/ प्रबिन साप्कोटा ।
३/ कमल अधिकारी ।
४/ अजय उप्रेति ।
५/ गीता खनाल ।

# थपजानकारी को लागी हाम्रो facebook र website हेर्दै गर्नुहोला

Exit mobile version