Site icon ParisNepal.com – Nepali News From France

प्रधानमन्त्री ओली अस्पताल भर्ना अस्पतालको बिज्ञप्ति सहित

स्वास्थ्य समस्या उत्पन्न भएपछि अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण भएको र रगतका चिनीको मात्रा असन्तुलित रहेको छ । आज विहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थावारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठ ले सो कुराको जानकारी गराउनुभएको हो ।

यसैवीच, अस्पतालले एक बिज्ञप्ति प्रकाशित गरी प्रधमनमन्त्रीको स्वास्थ्य स्थितिमा क्रमिक सुधार देखिएको र अन्य स्वास्थ्य स्थिति सामान्य रहेको अनुरोध जनाएको छ । प्रधानमन्त्रीको कोरोनरी केयर यूनिट (सीसीयू) को विशेष कोठामा उपचार भइरहेको छ । चिकित्सकहरुले केही दिन अस्पतालमै राख्नु पर्ने समेत बताएका छन् ।

विगत चारदिनदेखि मौसमी रुघाखोकीले बिरामी पर्नुभएका प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रम तथा भेटघाट रोकी निवासमै आराम गरिरहनुभएको थियो । प्रधानमन्त्री ओलीले आइतबार निवासमै भएको मन्त्रिपरिषद्को बैठकमा भने छोटो समय सहभागिता जनाउनुभएको थियो ।

Exit mobile version