Site icon ParisNepal.com – Nepali News From France

नेपालमा #मिटू #metoo : दुई महिलाद्वारा केशव स्थापितमाथि आरोप

ह्यासट्याग मिटूले हलिउडदेखि राजनीतिक क्षेत्रका ठूल्ठूला नाम यौन उत्पीडनको आरोपमा मुछिए, अहिले केहि समय देखि भारतमा पनि यो चर्चित छ।  नेपालमा पनि #मिटू अभियान अघि बढाउँदै दुई जना महिला काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मीला प्रजापति र पूर्वपत्रकार उज्जला महर्जनले काठमाडौं महानगरका पूर्वमेयर तथा प्रदेश नम्बर ३ का भौतिक योजना मन्त्री केशव स्थापितमाथि यौन उत्पीडनको आरोप लगाएका छन । प्रजापतिले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्थापितको प्रस्ताव अस्वीकार गर्दा जागिरबाटै निकालिनुपरेको अनुभव लेखेकी छन्।

पूर्वपत्रकार उज्ज्वला महर्जनले अनुसार उनले अंग्रेजी दैनिक ‘रिपब्लिका’ मा काम गर्दा स्थापितसँग अन्तर्वार्ता लिएकी थिइन्। अन्तर्वार्ता लिएर फर्केको अर्को साँझ स्थापितले आफूलाई फोन गरेर साथी बन्ने प्रस्ताव राखे, जब साँझ पर्थ्यो, स्थापितले मलाई फोन गरिरहन थाले। एक-दुईपटक त उठाएँ, तर पछि बेवास्ता गरेँ। उनको फोन उठाउन छाडेँ।

अहिले प्रदेश नम्बर ३ का भौतिक तथा पूर्वाधार मन्त्री रहेका स्थापितले प्रजापतिको आरोप खण्डन गरेका छन्। उनले प्रजापतिविरूद्ध कानुनी कारबाही गर्ने तयारीमा लागेको पनि बताए।

 

Exit mobile version